back
CTIZAN AD

माओवादी केन्द्र मुगुद्धारा चारवटै स्थानीयतहमा निर्बिरोध नेतृत्व चयन

वि.सं.२०७८ मंसिर २४ शुक्रवार

792 

shares

मुगु संसार न्यूज संवाददाता । जिल्लाको चारवटै स्थानीयतहमा नेकपा माओवादी केन्द्रले ५५ सदस्यीय नेतृत्व सर्बसम्मत चयन गरेको छ ।

माओवादी केन्द्रले मंसिर ७ गते देखि यहाँको स्थानीयतहमा प्रारम्भ गरेको प्रथम सम्मेलन बाट निर्बिरोध रुपमा नेतृत्व चयन गर्न सफल भएको छ ।

छायाँनाथ रारा नगरपालिकामा अध्यक्षमा सुवास चन्द बुढा उपाध्यक्षमा कर्णबहादुर कुमाल, देबिकृष्ण रोकाया र केशव चौलागाई सचिव रत्न बडुवाल सहसचिवमा दिलमाया बडुवाल र कोषाध्यक्षमा मधुली नेपाली सर्बसम्मत चयन भएका छन ।

त्यस्तै मुगुम कार्मारोङ गाउँपालिकामा अध्यक्षमा सुनबहादुर रोकाया, उपाध्यक्षमा आङडाक लामा, छुकीआङमु तामाङ र पेमाछेवाङ तामाङ सचिवमा पेमा लामा चिन्तन, सहसचिवमा बीरसिह बुढा र कोषाध्यक्षमा दावाछिरिङ लामा सर्बसम्मत चयन भएका छन त्यसै गरि सोरु गाउँपालिकामा अध्यक्षमा जयलाल मल्ल, उपाध्यक्षमा राजेन्द्र बुमी जयरुप परियार र कुसु मल्ल सचिवमा प्रदिप बुढा सहसचिवमा रतनबहादुर शाही र कोषाध्यक्षमा अस्मिता मल्ल चयन गरिएको छ ।

खत्याड गाउँपालिकामा अध्यक्षमा भरतबहादुर शाही, उपाध्यक्षमा मणीचन्द कार्की लालभक्त सञ्याल र नन्दा तिवारी सहसचिवमा बिशेश्वर प्रसाद शर्मा र कोषाध्यक्षमा मोहनलाल बिक निर्बिरोध रुपमा चयन भएका छन । मुगुको चार वटै स्थानीयतहको प्रथम सम्मेलनमा निर्बिरोध रुपमा नेतृत्व चयन गर्न पार्टी सफल भएको माओबादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाहीले बताए ।

जिल्लाको छायाँनाथ रारानगरपालिका, सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिका गरि ४५ वटै वडातहमा ४ हजार ६ सय माओबादी केन्द्रका पार्टी सदस्य रहेको शाहीको भनाई छ । केन्द्रले जिल्लातहको सम्मेलन सम्पन्न गरेपछि अब माओबादी केन्द्र प्रदेश सम्मेलनको तयारीमा जुटन थालेको छ ।

नेकपा माओवादी केन्द्रले मुगुको चार स्थानीयतहको वडातह देखि जिल्लासम्म संगठन सृदृढीकरणमा बिशेष रुपमा जोड दिएको छ । हरेक वडातहमा महिला जनजाति दलितमोर्चा बिधार्थी संगठन बिस्तार गरेको छ ।

 

वि.सं.२०७८ मंसिर २४ शुक्रवार ०९:१७ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...