back
CTIZAN AD

सिभिल बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०७८ मंसिर २४ शुक्रवार

534 

shares

२४ मंसिर, काठमाडौँ । सिभिल बैंक लिमिटेडले आज (मंसिर २४ गते) देखि वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।

लगानीकर्ताले बैंकको उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्र खरिदका लागि छिटोमा मंसिर २८ गतेसम्ममा आवेदन दिनुपर्नेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले बैंकको उक्त ऋणपत्र खरिदका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ ।

वि.सं.२०७८ मंसिर २४ शुक्रवार ११:१० मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...