दिल्ली । भारतीय चलचित्रकी चर्चित नायिका कटरिना कैफ बिबाह बन्धनमा बाँधिएकी छन् ।
उनले शुक्रवार नायक विक्की कौशलसँग लगनगाँठो कसेकी हु्न । उनीहरुले राजस्थानको माधोपुरमा रहेको सिक्स सेंसेस फोर्ट वरवारामा बिहे गरेका हुन् ।
यसअघि सार्वजनिक रुपमा उनीहरुको बिहेको तस्बिर लिन नपाउन बताइएकोमा शुक्रवार राति विक्कीले आफ्नो इन्स्टाग्राममा फोटो राखेर सबैको माया र आर्शिवाद मागेका थिए ।

३८ वर्षीया नायिक केटरिनाले आफुभन्दा ४ वर्ष कान्छा कौशलसँग विहे गरेकी हु्न् । बेलायती मुलकी भारतीय नायिका कटरिना मोडलिङ क्षेत्रबाट सन् २००३ मा वलिवुडमा प्रवेश गरेकी थिइन् । उनी अभिनित पहिलो फिल्म बुम रहेको छ भने उनले धेरै फिल्ममा काम गरिसकेकी छन् ।

वलिवुट एक्सन निर्देशक श्याम कौशलका छोरा विक्की कौशलले २०१० देखि वलिवुडमा प्रवेश गरेका विक्किले स्लमडग, करोडपति, थ्री इडियट्स र बजरंगी भाइजान जस्ता फिल्ममा काम गरिसकेका छन् ।



वि.सं.२०७८ मंसिर २४ शुक्रवार १२:०९ मा प्रकाशित




























