काठमाडौं । तत्कालिन नेकपा विघटनदेखि सुरु भएको केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको तिक्तता अझै पनि उस्तै छ । जुन नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा छताछुल्ल पाेखिएकाे पनि छ ।
कांग्रेस महाधिवेशनले भेटको अवसर जुराए पनि तीन नेताबीच सौहार्दपूर्णं रुपमा कुराकानी भएन । ओली र प्रचण्डबीच सामान्य हाँसो ठट्टा भएपनि अन्य विषयमा कुराकानी हुन सकेन ।
तिक्तता यति धेरै देखियो कि सम्बोधनका क्रममा एकले अर्काको नाम पनि लिएनन् । ओलीले नाम लिनुपर्छ भनेर एकमुष्ट पूर्वप्रधानमन्त्रीहरु भनेर सम्बोधन गरे ।
ओलीले सम्बोधनका क्रममा पटक–पटक माओवादी र एकीकृत समाजवादीप्रति व्यंग्य गरेका थिए । उनले माओवादी र एकीकृत समाजवादी पार्टीलाई साना पार्टी भएको भनेर गन्न आवश्यक नभएको बताए ।
ओलीले माओवादी र एकीकृत समाजवादीलाई देउवाकाे साहारामा उभिएको पार्टी भनेर टिप्पणी गरेका थिए ।
कार्यक्रम स्थल ओली र प्रचण्डबीच सामान्य संवाद भएपनि ओली र माधवबीच भने कुराकानी भएन् । नेताहरुबीच अभिवादन आदान–प्रदान पनि भएको थिएन ।
सम्बन्धित समाचारहरू
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १७:३७ मा प्रकाशित




























