काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि २३ पदाधिकारीसहित १३४ पदका लागि ५४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनका लागि सनिवार सम्पन्न मनोनय दर्तामा सभापति पदमा लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका छन् । ६ मध्ये चारले प्यानलै बनाएर अघि बढेका छन् भने गुरुङ र न्यौपाने स्वतन्त्र उम्मेदवार बनेका छन्द उनीहरुका कुनै प्यानल छैनन् ।
त्यस्तै हालसम्म २ उपसभापतिका लागि महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, दिवेश्वरी साह र विजयकुमार गच्छदारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी २ महामन्त्रीका लागि विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगन कुमार थापा, डा. प्रकाशसरण महत, डा. राजाराम कार्की, प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।
आठ सहमहामन्त्रीका लागि बद्रिप्रसाद पाण्डे, फरमुल्लाह मन्सुर, मान बहादुर विश्वकर्मा, देवराज चालिसे, सुरेन्द्र प्रसाद चौधरी, किशोर सिंह राठौर, रन्जित कर्ण, जीवन परियार, विकास लामा, रामकृष्ण यादव, कमला पन्त र तेजुलाल चौधरी, जीवन साही, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङदेम्बे, चेतराज बजाज, शेख वकिल, उमाकान्त चौधरी र डिना उपाध्याय गरी २० जनाले उममेदवारी दर्ता गराएका हुन् ।
यस्तो छ अन्य पदाधिकारीको नामावली
वि.सं.२०७८ मंसिर २६ आइतवार ०९:४१ मा प्रकाशित




























