back
CTIZAN AD

सनराइज बैंकको “सनराइज केयर” सुबिधा सार्वजनिक

वि.सं.२०७८ मंसिर २६ आइतवार

828 

shares

२६ मंसिर, काठमाडौँ । “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं” अभियानलाई आत्मसाथ गर्दै सन्राइज बैंकले आफ्ना ग्राहकको सुविधाको लागि नविनतम् सुविधायुक्त अनलाइन प्लाटफर्म “सनराइज केयर” सार्वजनिक गरेको छ ।

यस सनराइज केयर प्लाटफर्म मार्फत सम्पुर्ण ग्राहकहरुले बैंकिङ्ग सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फतनै लिन सक्नेछन । सनराइज केयर बिभिन्न बैंकिङ्ग सुविाधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो जस मार्फत ग्राहकहरुले डेबिट कार्डको अनलाइन अकाउन्ट ओपनिङ्ग, पिन रिइस्यु, ग्रीन पिन चेन्ज, इकमर्स अपडेट, क्रेडिट कार्ड स्टेटमेन्ट, इएम आइ रिक्वेस्ट, पेमेन्ट अप्सन चेन्ज, मोबाइल बैकिङ ब्लक अनब्लक तथा अन्य धेरै सेवाहरुसगँ सम्बन्धी आवेदनहरु अनलाइन मार्फतनै दिन सक्नेछन ।

यसको लागी सनराइज केयरको पोर्टल https://care.sunrisebank.com.np मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिने छ ।

डिजिटल प्रबिधिको उपयोगसंगै वर्तमान कोभिड १९ को परिप्रेक्ष्यमा ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकको सहजता र सुरक्षाको हेतु एक नविन अनलाइन बैंकिङ्ग प्लाटफर्म उपलब्ध गराएको हो । आगामी दिनहरुमा यस सनराइज केयरमा अन्य बैंकिङ्ग सेवाहरु पनि थप गरि यस प्लाटफर्मलाई अत्याधिनिक प्रविधि युक्त र प्रभावकारी बनाउदै लैजाने बैंकको उद्देश्य रहेको छ ।

हाल बैंकले १,५०० भन्दा बढि पोइन्ट अफ सेल (POS) मर्चेन्ट नेटवर्क, १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७८ मंसिर २६ आइतवार ०९:५६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...