back
CTIZAN AD

कांग्रेसमा रोमाञ्चक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

वि.सं.२०७८ मंसिर २६ आइतवार

594 

shares

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको १४ औं महाधिवेशन सम्पन्न हुन अब केही घण्टा बाँकी छ । ती घण्टाभित्र नेपाली कांग्रेसले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चुन्नेछ ।

राजधानीको भृकुटीमण्डपमा दिउँसो नेपालका विभिन्न राजनीतिक दलका मुख्य नेताहरु तथा भारतीय राजनीतिक दल कांग्रेस, भाजपालगायतका नेताहरुको उपस्थितिमा कांग्रेसको १४ औं महाधिबेशन उद्घाटन भएको थियो ।

सोहिदिनबाटै बन्दसत्र सुरु गरेर आन्तरिक छलफलमा जुटेको नेपाली कांग्रेसले शनिवार आगामी नयाँ नेतृत्वका लागि मनोनयन दर्ता कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । मनोनयन दर्ता र दावी विरोधसमेत सकिएपछि कांग्रेस आज निर्वाचनमा होमिदैछ ।

कांग्रेसभित्र रोमान्चक प्रतिस्पर्धा
नेपाली कांग्रेसभित्र यो पटकको प्रतिस्पर्धा रोमाञ्चक हुने भएको छ । देउवासँगको प्रतिश्पर्धामा उत्रिएका शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने मध्ये विश्लेषकहरुले देउवासँग टक्कर दिनेमा कोइराला र सिंह नै हुनसक्ने अनुमान गरेका छन् । यी मध्ये देउवा पछाडि दोस्रोमा को पर्छ भन्ने कुरा निश्चित भने भइसकेको छैन ।

कांग्रेसको आन्तरिक चुनावी प्रक्रिया अनुसार पहिलो राउण्डमा देउवाले ५० प्रतिशत मत नल्याउने हुँदा दोस्रो राउण्डको चुनावमा देउवा विरुद्ध अधिकांश उम्मेदवार एकगठ हुने अड्कल गरिदैछ ।

नेपाली कांग्रेसभित्र मात्र होइन यो चुनाव नेपाली राजनीतिमै आकर्षक देखिएको छ । मतदाताहरुलाई छानी छानी मत दिने अवसर जुरेको छ । कांग्रेसभित्र व्यक्ति विशेषको हुकुमीतन्त्र अव नचल्ने अनुमान गरिदैंछ ।

साम्यवादी भनिएको नेकपा एमालेमा केपी ओलीलाई सर्वसम्मत हुन नदिइए पनि उनलाई देउता ठान्ने र बाबा पुर्काने काममा कत्ति कमी देखिएको छैन । तर, कांग्रेसमा भने त्यो रुपमा व्यक्तिवाद पराजित भएको १४ औं महाधिबेशनका क्रममा देखिएको छ । यो लोकतन्त्रका लागि राम्रो संकेत हो ।

यस्तो छ प्यानल
नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले आफ्नो प्यानलैसहित सभापतिमा उम्मेदवारी दिएका छन् । ती मध्ये गुरुङ र पाण्डेले सभापतिमा उम्मेदवारी मनोनयन दर्ता गरेपनि प्यानल भने बनाएका छैनन् ।

को–को छन् त देउवा प्यानलमा
सभापतिमा मनोनयन दर्ता गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका नेता शेरबहादुर देउवाको प्यानलको उपसभापतिमा पूर्ण बहादुर खड्का, महामन्त्रीमा प्रकाशशरण महत, प्रदीप पौडेल, सहमहामन्त्रीमा जीवन बहादुर शाही, फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, मान बहादुर विक, महालक्ष्मी उपाध्याय डिना, महेन्द्र यादव, किशोरसिह राठौर, उमाकान्त चौधरीसहित प्यानल बनेको छ ।

यस्तो छ डा. शेखर कोइरालाको टिम
त्यसैगरी सभापतिमा मनोनयन दर्ता गरेका डा. शेखर कोइरालाको प्यानलमा उपसभापतिमा धनराज गुरुङ, चन्द्र भण्डारी, महामन्त्रीमा मिनेन्द्र रिजाल, गगन थापा, सहमहामन्त्रीमा जीवन परियार, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी, विकास लामा, देवराज चालिसे, बद्री पाण्डे र शेख वकिल रहेका छन् ।

को–को छन् त सिंह र निधीको प्यानलमा ?
त्यसैगरी सभापति पदमा मनोनयन दर्ता गराएका प्रकाशमान सिंहको प्यानलमा उपसभापतिमा सुजाता कोइराला, महामन्त्रीमा विश्वप्रकाश शर्मा रहेका छन् भने सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिको प्यानलमा उपभापतिमा दिव्यश्वरी साश र महामन्त्रीमा डा. राजाराम कार्की रहेका छन् ।

चुनावी प्रतिस्पर्धाबाटै बाहिरिए सिटौला र पौडेल
यसअघि सभापति पदमा उम्मेदवारी दिनका लागि जुटेका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला चुनावी प्रतिश्प्रर्धाबाटै बाहिरिएका छन् । शनिवारसम्म पनि आफुलाई सभापतिमा छोड्न प्रकाशमान सिंह र डा. शेखर कोइरालासँग आग्रह गरेका पौडेल अन्नत चुनावी प्रतिस्पर्धाबाटै बाहिरिएका हुन् । उनले उनले पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिका कारण चौधौ महाधिबेशनको नेतृत्वकाे चुनावी प्रतिस्पर्धाबाटै बाहिरिएको विज्ञपित् मार्फत् बताएका छन् ।

त्यसैगरी अर्का नेता सिटौलाले सभापतिमा देउवालाई सघाउने भन्दै पार्टीको कुनैपनि पदमा उम्मेदवारी दर्ता गर्ने निर्णयमा पुगेको बताउँदै आएका थिए ।

यी हुन् कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिश्प्रर्धामा उत्रिएकाहरु (नामावलीसहित)

 

 

 

 

वि.सं.२०७८ मंसिर २६ आइतवार १०:१५ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...