back
CTIZAN AD

साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु

वि.सं.२०७८ मंसिर २६ आइतवार

723 

shares

२६ मङ्सिर । यमनको मध्य क्षेत्रीय प्रान्त मारिब र यससँगैको अर्को प्रान्तमा शनिबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ । प्राप्त समाचार अनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज्यान गएको साउदी अ‍ेरिबयाको सरकारी प्रेसले जनाएको छ ।

यहाँ १९० जना मारिएका र अरु कैयौँ घाइते भएका यमनको सरकारी सेनाले पनि शनिबार राति पुष्टी गरेको जानकारी दिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।

साउदी प्रेसका अनुसार यहाँको सेनाले शनिबार गएको २४ घन्टाभित्रमा कम्तीमा पनि ३६ ओटा साना ठूला आक्रमणहरु गरेको पाइएको छ । उक्त हवाई आक्रमणमा १९० जना हुथी विद्रोही मारिएका र त्यस कारबाहीका क्रममा अरु केही घाइते भएका पनि बताइएको छ । शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरुका कम्तीमा पनि २० ओटा आश्रयस्थल नै ध्वस्त पारिदिएको बताइएको छ ।

उक्त प्रान्तमा यसअघि पनि समयसमयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

यस पछिल्लो कारबाहीका क्रममा हुथीहरुले प्रयोग गर्ने गरेका केही शक्तिशाली हतियारहरु पनि पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

वि.सं.२०७८ मंसिर २६ आइतवार ११:३५ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...