back
CTIZAN AD

प्रशिद्ध गुरादेउताका धामीको मृत्यु

वि.सं.२०७८ मंसिर २६ आइतवार

678 

shares

मुगु संसार न्यूज संवाददाता, मुगु । सोरु गाउँपालिका–४ तलिलिब्रु गाउँका ७२ बर्षिय प्रशिद्ध गुरादेउताका धामी भक्तबहादुर शाहीको शनिबार निधन भएको छ ।

युवा अबस्थामै फूलबारी गुरादेउताका धामी भई पूजाआजा गर्दै आएका शाहीको शनिवार निधन भएको हो ।

शाहीका आफन्त, चिरपरिचित ब्यक्ति सहित नेपाली मुगु कांग्रेस सभापति ऐनबहादुर शाहीले उनको निधनप्रति सामाजिक संञ्जाल मार्फत दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन ।

शाही सिमित गुरादेउताका धामी मात्र नभएर लामो समयसम्म नेपाली कांग्रेस पार्टीका सक्रिय सदस्य पनि हुन् । बीचमा उनी कांग्रेस प्रति असुन्तुष्ट भई राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत आबद्ध रहे । अर्कोतर्फ शाही हिन्दुधर्म प्रति पनि आस्था हुन र उनले उक्त धर्मप्रति पैरवी गर्दै आएका थिए ।

पञ्चायतकालमा उनले साविकको फोत गाउँ बिकास समितिबाट उपप्रधान समेत जितेका थिए । गाउँघरको झै झगडा मेलमिलाप कार्यमा शाहीले ठूलो भूमिका निर्बाह गर्दै आएका थिए ।

सहयोगी मनका उनी सबैसित सदभाव, मेलमिलाप, चिनापर्ची जस्ता ब्यबहारमा निकै उत्साहित देखिन्थे ।

आफूलाई मन नपरेपछि झट्ट प्रतिबाद गर्न शाही पछि पदैन थिए । उनी स्थानीय देउडा चाचरी गायक पनि हुन् । बिबाह ब्रतबन्ध जस्ता लगनगाँठोमा देउडा चाचरी खेलेर उनी आफू पनि रमाउथे अरुलाई पनि मनोरञ्जन दिन्थे । ज्योतिषीको काम संगै स्थानीय जडिबुटी झारफुक गरेर बिभिन्न रोग निको पारेर बिरामीलाई बिश्वास दिलाउदै आएका थिए शाहीले ।

शाहीले १२ बर्षे द्धन्दकालमा घरमै निकै दुःख भोगेका थिए कहिले शहर कहिले जिल्ला त कहिले गाउँबस्तीतिर डुलेर रमाउने शाहीलाई साखै कुनै रोगले च्यापेको देखिदैन थियो । गतबर्ष देखि उनलाई कहिले ज्वरो आउन कहिले श्वास प्रश्वासमा समस्या देखिने जस्तो रोग बल्झिदै जाँदा शाहीले शनिवार यो धर्ती बिदा लिएका छन् ।

 

वि.सं.२०७८ मंसिर २६ आइतवार १२:०८ मा प्रकाशित

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ...

नराकोट-हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

नराकोट-हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

जुम्ला । यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन...

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा...