back
CTIZAN AD

आँसु पुछ्दै मैदान छाडेका पौडेललाई फकाउन पुगे देउवा

वि.सं.२०७८ मंसिर २६ आइतवार

639 

shares

काठमाडौं । आँसु पुछ्दै प्रतिस्पर्धाको मैदान छाडेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजनीति नछाड्न आग्रह गर्दै सभापतिका उम्मेदवार शेरबहादुर देउवा निवासमै पुगेका छन् । शनिबार राति बोहोराटारस्थित निवासमै पुगेर देउवाले पौडेललाई राष्ट्रका लागि तपाईँको आवश्यकता छ भन्दै राजनीतिबाट बाहिर जाने कुरा नगर्न आग्रह गरेका हुन् ।

‘देउवाले राष्ट्रका लागि तपाईँको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस् भन्नुभयो’, पौडेल सचिवालयले भनेको छ ।

पौडेलले भने महाधिवेशनमा सिद्धान्तभन्दा बाहिर अस्वस्थ प्रतिस्पर्धा देखेर प्रक्रियाबाटै आफु बाहिरिएको बताएका छन् । उनले स्वस्थ प्रतिस्पर्धा हुने वातावरण बनाउँदै कांग्रेसलाई कांग्रेसजस्तो बनाउन आग्रह गरेका थिए ।

महाधिवेशन स्थलबाट आँशु पुछ्दै बाहिरिएका पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै सभापतिमा उम्मेदवारी नदिने बताएका थिए । पौडेल सक्रिय राजनीतिबाटै बाहिरिन खोजेको देखिएको छ ।

वि.सं.२०७८ मंसिर २६ आइतवार १२:१७ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...