काठमाडौं । शनिबारदेखि सुरु भएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले स्थायी समिति र पोलिटब्यूरो गठनको तयारी गरेको छ । विधानमा व्यवस्था भएबमोजिम ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गरिनेछ ।
एमालेले स्थायी कमिटीको गठनसम्बन्धी मापदण्ड यसअघि नै तय गरिसकेको छ । मापदण्डअनुसार पदाधिकारीमा रहने स्वतः स्थायी कमिटीमा हुने व्यवस्था छ भने समावेशीको व्यवस्थाअनुसार महिला र दलित तथा जनजातीको कोटा व्यवस्था हुने छ ।
कतिपय पदाधिकारीमा नपरेका तर यसअघि महत्वपूर्णं भूमिका निर्वाह गरेकालाई पनि स्थायी कमिटीमा समेटिने तयारी छ । साथै १० बुँदे र पूर्वमाओवादी समूहका नेतालाई मिलाएर स्थायी कमिटीले राख्ने तयारी छ ।
यस्तो छ सम्भावित नेताहरुको सूची
पदाधिकारी
१) केपी शर्मा ओली
२) ईश्वर पोखरेल
३) सुवास नेम्वाङ
४) युवराज ज्ञवाली
५) अष्टलक्ष्मी शाक्य
६) सुरेन्द्र पाण्डे
७) विष्णु पौडेल
८) रामबहादुर थापा बादल
९) शंकर पोखरेल
१०) पृथ्वी सुब्बा गुरुङ
११) प्रदीप ज्ञवाली
१२) विष्णु रिमाल
१३) गोकर्ण विष्ट
१४) योगेश भट्टराई
१५) पद्मा अर्याल
१६) छविलाल विश्वकर्मा
१७) लेखराज भट्ट
१८) टोपबहादुर रायमाझी
१९) रघुवीर महासेठ
तत्कालीन स्थायी कमिटीमा रहेकाहरु
१) मणि थापा
२) घनश्याम भुसाल
३) किरण गुरुङ
४) भीम आचार्य
५) रघुजी पन्त
माओवादी केन्द्रबाट आएका
१) प्रभु शाह
२) टंक आङ्बुहाङ
३) गौरीशंकर चौधरी
यसअघि पोलिटब्यूरोमा रहेका महिला नेतृहरू
१) थममाया थापा मगर
२) डा. विन्दा पाण्डे
३) राधा ज्ञवाली
४) श्रीमाया थकाली
यसअघि पोलिटब्यूरोमा रहेका नेताहरू
१) भानुभक्त ढकाल
२) शेरधन राई
३) यमलाल कँडेल
४) कर्ण थापा
५) अग्नि खरेल
६) काशीनाथ अधिकारी
७) अरुण नेपाल
८) परशुराम मेघी गुरुङ
दलितबाट सम्भावित नाम
१) जगत विश्वकर्मा
२) इश्वरी रिजाल
वि.सं.२०७८ मंसिर २६ आइतवार १२:४९ मा प्रकाशित




























