काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई केन्द्रीय समितिमा मनोनय गर्न प्रस्ताव गरेका छन् । जारी केन्द्रीय समिति बैठकले उनले प्रसाईँको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् ।
ओलीले यसअघि केन्द्रीय समितिमा नसमेटिएका विशाल भट्टराई र ऐन महरको नाम पनि प्रस्ताव गरेका छन् ।
जारी बैठकले रिक्त केन्द्रीय सदस्य कोटामा मनोनयन सँगै स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्नेछ । बैठकले विधानमा व्यवस्था भएबमोजिम ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्नेछ ।
सम्बन्धित समाचार
वि.सं.२०७८ मंसिर २६ आइतवार १३:०७ मा प्रकाशित




























