जापान । नेपाली जनप्रगतिशील मन्च जापानको अध्यक्षमा भवानी पन्त चयन भएका छन् ।
आइतवार टोकियोमा सम्पन्न मन्चको आठौ अधिबेशनले पन्तको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।
त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा मोहन पौडेल तथा उपाध्यक्षहरुमा श्यामहरी पाण्डे, श्रवण सत्याल, जनक सुबेदी, आरएच गौतम, नवराज गौतम, महासचिवमा बाबुराम पौडेल, उपमहासचिवमा दावा शेर्पा, शिबु थापा, राम कृष्ण भण्डारी, सचिवमा बेनुका खड्का, अर्जुन आमगाई, खगराज गौतम र गौरिशंकर गैरे चयन भएका छन् ।
त्यसैगरी मन्चको कोषाध्यक्षमा भुवन हुमागाई, सहकोषाध्यक्षमा गौरी शंकर सापकोटा र धुर्व अधिकारीलगायत २१ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
उक्त अधिवेशनलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र प्रवास समन्वय समितीका अध्यक्ष ओम शर्माले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जापानमा रहेका नेपालीको हकहितका लागि आवाज उठाउँदै संगठन हाँक्ने सक्ने नेतृत्व चयन गर्न शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रवास समन्वय समिती पूर्वी एसियाका संयोजक हर्क थापा, प्रवास समन्वय समितीका सदस्य डा भुपालमान श्रेष्ठ, एसिया प्यसिफिकका नेताहरु भवानी पन्त, रामहरी पुडासैनी, मञ्चका सचिव सालीकराम भण्डारी, निवर्तमान अध्यक्ष हवल चन्द्र लामा, पूर्वअध्यक्ष मोहन खत्री, अरुण श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
अधिवेशनले सल्लाकार समितीको अध्यक्षमा मञ्चका निवर्तमान अध्यक्ष हवल चन्द्र लामालाई चयन गरेको भने रामहरि पुडासैनीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
वि.सं.२०७८ मंसिर २७ सोमवार १२:५२ मा प्रकाशित





























