काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिबेशन अन्तर्गत निर्वाचन सुरु भएको छ ।
सभापतिका उम्मेदवार रहेका नेताहरु शेरबहादुर कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका छन् ।
मतदानका क्रममा देउवाले सुदूरपश्चिम वुथ, कोइरालाले प्रदेश नं १ र सिंहले बागमती प्रदेशको बुथबाट मतदान गरेका हुन् ।
विहान ८ बजेदेखि मतदान हुने भनिएपनि मतपत्र छाप्न ढिलाई हुँदा झण्डै तीनघण्टा ढिलो गरी मतदान सुरु भएको थियो ।
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा मात्रै ५ जनाको उम्मेदवारी परेको देउवा, कोइराला र सिंह बाहेक विमलेन्द्र निधि र कल्याण गुरुङपनि सभापतिको प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाली कांग्रेसको नयाँ कार्यकालका लागि १३ पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा ४ हजार ७४३ मतदाताले भोट हाल्नेछन् ।
कांग्रेस महाधिबेशनः नयाँ नेतृत्व चयनका लागि तीन मतदान केन्द्र र एघार सय बुथबाट मतदान हुँदै
वि.सं.२०७८ मंसिर २७ सोमवार १३:२२ मा प्रकाशित




























