back

कांग्रेस महाधिबेशनः नयाँ नेतृत्व चयनका लागि तीन मतदान केन्द्र र एघार सय बुथबाट मतदान हुँदै

वि.सं.२०७८ मंसिर २७ सोमवार

117 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाअधिवेशनको अन्तिम दिन आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुँदैछ ।

राजधानीको भृकुटी मण्डपमा मंसिर २४ गतचे उद्घाटन गरिएको महाधिबेशनको आजि अन्तिमलिन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुन लागेको हो ।

महाधिबेशन अन्र्तगत आज हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ भने यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिएका छन् । महाधिवेशनस्थल राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ÷शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।

त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ । मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

वि.सं.२०७८ मंसिर २७ सोमवार ०८:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव...

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवको सरुवा गरेको छ...

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि प्रवेश खुला गरिने

जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि प्रवेश खुला गरिने

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा...

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...