back
CTIZAN AD

विश्व हिन्दू महासङ्घमा विज्ञप्तिको विवाद, गुपचुपरुपमा महासभा बैठक गरिएको भन्दै आपति

वि.सं.२०७८ मंसिर २७ सोमवार

714 

shares

काठमाडौँ । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिको लेटर प्याडमा हस्ताक्षरविना विज्ञप्ति जारी गरिएको भन्दै नयाँ विवाद सुरु भएको छ । महासङ्घ अन्तर्राष्ट्रिय समितिको महासभा बैठक मङ्सिर २४ र २५ गते आयोजना गरिएको थियो ।

समितिको विधानअनुसार महासभा बैठक संस्थाको सर्वोच्च निकाय हो । जसले आगामी कार्यकालको लागि नयाँ नेतृत्व छनोट गर्छ । निश्चित सदस्यलाई मात्र खबर गरी नयाँ नेतृत्व हत्याउने उद्देश्यले गुपचुपरुपमा महासभा बैठक गरिएको भन्दै एक पक्षले विरोध गरेको छ ।

बैठकमै उपस्थित दुई पक्षबीचमा पनि महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतमपक्षबीच भावी अध्यक्षको विषयलाई लिएर विवाद भएको थियो । विवादपछि कार्यवाहक अध्यक्ष चक्रबन्धु अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्दै असहज परिस्थितिका कारण महासभा बैठक हाललाई स्थगित गरी उपयुक्त समयमा गर्ने उल्लेख गरे ।

महासचिव पक्षले भने नयाँ नेतृत्व छनोट गरेको भन्दै लेटरप्याडको दुरुपयोग गरी हस्ताक्षरविनाको विज्ञप्ति निकालेको भनी महासङ्घका सदस्यले विरोध गर्न थालेका छन् । भण्डारी पक्षले निकालेको विज्ञप्तिमा महासङ्घ अन्तर्राष्ट्रिय समितिको भारत शाखाले समर्थन गरेको उल्लेख छ । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत भण्डारीलाई नै समर्थन रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासङ्घ भारतका महामण्डलेश्वर योगी अलखनाथ उद्घाटन कार्यक्रमको प्रमुख अतिथि रहेका थिए । उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समर्थन भण्डारीलाई रहेको मन्तव्य व्यक्त गरेपछि गौतम पक्षका मानिस प्रमुख अतिथिप्रति खनिएको दाबी गर्दै हस्ताक्षरविनाको विज्ञप्ति निकालिएको छ ।

 

वि.सं.२०७८ मंसिर २७ सोमवार १३:३३ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...