back
CTIZAN AD

चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

वि.सं.२०७८ मंसिर २७ सोमवार

678 

shares

हेमन्त केसी, जाजरकोट । उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढीपर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो रु ९० पर्छ । उपल्लो डोल्पाको सालदाङमा प्रति क्विन्टल जिरा चामलको मूल्य रु सात हजार, मोटो चामल रु पाँच हजार र सोना रु पाँच हजार ६०० मा कम्पनीले उपलव्ध गराउदै आएको छ ।

सुर्खेतदेखि धोसम्मको प्रतिकिलो चामलको ढुवानी भाडा रु ६५, धारगाउँको रु ५६ र सालदाङसम्मको रु ९० पर्छ । सालदाङमा चामल पु¥याउन रु नौ हजार ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रति क्विन्टल रु सात हजार छ । ढुवानी भाडा चामलको मूल्यभन्दा रु दुई हजार बढी छ ।

निजी क्षेत्रबाट बिक्री गरिँदै आएको ३० किलो चामललाई ‘धो’ मा रु ६ हजार पर्छ भने तिन्जेमा रु सात हजार पर्ने डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताए । रु सात हजार तिरेर पनि चामल पाउन नसकेको उनको भनाइ छ । हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल ढुवानी रोकिएको छ ।

चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा समस्या भएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए । पाँच सय कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिलेसम्म १८० क्विन्टल चामल ढुवानी गरिएको छ ।

डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५०० क्विन्टल चामलको कोटा रहेकामा ढुवानी गर्ने जिम्मा पाएको ओम जयदुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायले अहिलेसम्म ढुवानी गर्न नसकेको बताए । हिमपातका कारण ढुवानी गर्न नसकिएको उनको भनाइ छ ।

त्यस्तै छार्काताङसोङ गाउँपालिकाको ‘धारगाउँ’मा चामल ढुवानी गर्ने जिम्मेवारी लिएको नमूना ढुवानी सेवाका चेतकुमार शाहीले अहिलेसम्म ढुवानी गरेका छैनन् । सो ठाउँमा पनि ५०० क्विन्टल चामल ढुवानी गर्ने सहमति छ । यी सबै कम्पनीका बिक्री केन्द्र हुन् । कम्पनीले तल्लो डोल्पा, जगदुल्ला गाउँपलिकाको काइगाउँमा ५०० क्विन्टल, जुफालमा ३६० क्विन्टल र दुनैमा ५१० क्विन्टल चामल मात्र ढुवानी गरेको छ । सजिलै ढुवानी हुने ठाउँमा मात्र चामल पु¥याइएको छ । उपल्लो डोल्पामा अहिलेसम्म चामल ढुवानी हुन सकेको छैन । ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण उपल्लो डोल्पामा चामल पुग्न नसकेको हो ।

सदरमुकाम दुनैमा चामल पर्याप्त उपलब्ध छ भने उपल्लो डोल्पामा ढुवानी नहुँदा समस्या भएको धो का पेमा गुरुङले बताए । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि अब हवाईमार्ग बाहेक अन्यमा सम्भावना नरहेको सर्वसधारण बताउँछन् । ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पाका सर्वसाधारण मर्कामा परेको गुरुङले बताए । उपल्लो डोल्पाका तीन पालिकामा अधिकांश बस्तीमा उवा वर्षमा एक पटक मात्र फल्ने गर्दछ भने केही ठाउँमा गहुँ पनि फल्ने गर्दछ ।

अत्यधिक चिसो मौसम भएका कारण वर्षमा एक बाली मात्र पाक्ने गरेको हो । उक्त अन्नले तीन महिना पनि खाना नपुग्ने यहाँका स्थानीयवासी बताउछन् । जडीबुटीको भण्डारको रुपमा रहेका उपल्लो डोल्पामा अधिकांश भू–भाग शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले घेरिएको छ । पशुपालन र जडीबुटी उपल्लो डोल्पाको आम्दानीको स्रोत हुन् । सोही आम्दानीबाट नै खाद्यान्नदेखि अन्य समस्या समाधान गर्नुपर्ने उपल्लो डोल्पाका सर्वसाधारणको बाध्यता रहेको छ । चीनको नाकाहुँदै खाद्यान्न ढुवानी हुँदै आएकामा दुई वर्षदेखि सो मार्ग कोरोनाका कारण बन्द छ । हाललाई दुनैबाट चामल ढुवानी गर्नुपर्ने बाध्यता छ । वर्षमा १५ दिनको लागि हाटबजार खुल्ने गरेको चीन र नेपाल तर्फको सिमाना कोभिडका कारण दुई वर्षदेखि बन्द छ ।

सुर्खेतबाट उपल्लो डोल्पा प्रतिकिलो रु ९० मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न पु¥याउने गर्छ भने निजी क्षेत्रका व्यापारीले दुनैबाट उपल्लो डोल्पासम्म रु ८८ देखि रु १०० मा ढुवानी गर्छन । निजी क्षेत्रले उपल्लो डोल्पामा रु २४० सम्ममा प्रतिकिलो चामल खरिद गरेर खानुपर्ने बाध्यता छ ।

 

वि.सं.२०७८ मंसिर २७ सोमवार १७:०३ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...