back
CTIZAN AD

सुन्निएको सेयर बजार घट्दा किन हंगामा ?

वि.सं.२०७८ मंसिर २७ सोमवार

774 

shares

काठमाडौं । पछिल्लो पटक सेयर बजार नेप्से घट्दो दरमा छ । कुनै बेला ३ हजार २२७ अंकसम्म पुगेको बजार यो समाचाार तयार पर्दासम्म करिब ९ सय ४५ अंकले घटेर करिब २२८२ अंकमा ओर्लिएको छ ।

एक बर्ष अगाडी नेपालको सेयर बजार करिब १ हजार ९३५ अंकमा थियो । त्यस यता सेयर बजार करिब १ हजार २९२ अंकले बढ्यो । तर यसरी बढ्नु पर्ने कुनै कारण भने देखिँदैन । मात्र के हो भने त्यतिबेला र अहिले नेपालको अर्थतन्त्रमा त्यस्तो कूनै पनि चमत्कारीक परिवर्तन त देखिएको छैन ।

अर्थशास्त्रीहरुका अनुसार पूँजीवादी अर्थतन्त्रमा सेयर बजार अर्थतन्त्रको एउटा सुचकको रुपमा रहेको हुन्छ । जब अर्थतन्त्र चलायमान हुन्छ, उद्योगधन्दा कलकारखानालगायतले पूर्ण क्षमता तिर उत्पादन गर्दछन् र नाफामा जान्छन् त्यसबेला सेयरको दोस्रो बजार सकारात्मक बन्दै जाने गर्दछ ।

गत बर्ष बैंकहरुमा अत्याधिक तरलताका कारण बैकिङ प्रणालीमा पैसा थुप्रिएर लगानी गर्ने ठाउँ खोजिरहेका थिए । त्यस ताकाको पैसा अधिकांश सेयर बजारमा लगानी भयो । अहिले बैकिङ् प्रणालीमा लगानी योग्य रकमको अभाव छ । लगानी योग्य रकमको अभावमा बैंकहरुले आकर्षक ब्याज दिन थालेपछि लगानीकर्ताहरु पूँजी बजारबाट बाहिरिएको कतिपय विश्लेषकहरुको भनाइ छ ।

अर्थशास्त्रीहरुका अनुसार पूँजीवादी अर्थतन्त्रमा सेयर बजार अर्थतन्त्रको एउटा सुचकको रुपमा रहेको हुन्छ । जब अर्थतन्त्र चलायमान हुन्छ, उद्योगधन्दा कलकारखानालगायतले पूर्ण क्षमता तिर उत्पादन गर्दछन् र नाफामा जान्छन् त्यसबेला सेयरको दोस्रो बजार सकारात्मक बन्दै जाने गर्दछ ।

अर्को कुरा सेयर बजार अर्थशास्त्रको अन्यकुराहरु यथावत रहेमा भन्ने सिद्धान्तमा आधारित छ । यसर्थ सामान्य अवस्थामा मात्र सेयर बजारले आफ्नो वास्तविक आकार ग्रहण गर्न सक्दथ्यो । एक वर्षको अन्तरालमा भने सेयर बजार एकदमै नराम्रो अवस्थाबाट गुज्रियो । कोरोना भाइरसको माहामारीका कारण भएको बन्दाबन्दिका कारण एकाधबाहेक अर्थतन्त्रका अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नहुँदा लगानीकर्ताहरु सेयर बजारमा आकर्षित भएको छर्लङगै छ ।

जब अवस्था सामान्य बन्दै जान थाल्यो सबैजना आ–आफ्नै दिन चार्यमा फर्कन थाले अनि बल्ल सेयरबजार सुन्निएको रहेछ भन्ने थाहा भयो र मानिसहरु हंगामा मच्चाउँदैछन् ।

नेपालको पुँजी बजारको जग एकदमै कमजोर देखिएको छ । पुँजीबजारको जग एकदमै बलियो हुँदा कसले के भन्यो भन्ने कुराको कुनै अर्थ नै हुने थिएन । अर्थशास्त्रको सिद्धान्तअनुसार यो आफ्नै गतिमा अगाडी बढी नै रहन्थ्यो । तर अहिले सेयर बजार आफै कमजोर हुँदा कुन नेताले के भन्यो या भनेन भनेर समग्र बजार नै त्यसको पछाडी घुमिरहेको छ ।

नेपालको पुँजी बजारको कमजोर धरातल

नेपालको पुँजी बजारको जग एकदमै कमजोर देखिएको छ । पुँजीबजारको जग एकदमै बलियो हुँदा कसले के भन्यो भन्ने कुराको कुनै अर्थ नै हुने थिएन । अर्थशास्त्रको सिद्धान्तअनुसार यो आफ्नै गतिमा अगाडी बढी नै रहन्थ्यो । तर अहिले सेयर बजार आफै कमजोर हुँदा कुन नेताले के भन्यो या भनेन भनेर समग्र बजार नै त्यसको पछाडी घुमिरहेको छ । यो नै सेयर बजार अन्यन्तै कमजोर जगमा छ भन्ने कुराको बलियो प्रमाण हो ।

बैकिङ् तरलता अभावको कारण सेयर बजारमा असर

अहिले नेपालको बैंकिङ प्रणालीमा लगानी योग्य रकमको कमी देखिएको छ । केही समय अगाडी बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा लगानी गर्ने ठाउँ खोज्दै बैंकहरु सेयर बजारका लगानीकर्ताहरु सम्म नै पुगेका थिए । सस्तो ब्याजमा पैंसा पाए पछि कतिपयले घाटामा गएका कम्पनीहरुमा पनि प्रसस्तै लगानी गरेको जनाकारहरुको भनाइ छ । घाटामा गएको कम्पनीले प्रतिफल दिने सम्भावना नै नदेखिएपछि कतिपय लगानीकर्ताहरु सेयर बेचेर बजारबाट नै बाहिरी एका छन् । यसले समग्र सेयरबजारमा नै असर पारेको विश्लेषकहरुको भनाइ छ । ६ महिनाको अबधिमा झण्डै ३० प्रतिशत लगानीकर्ताहरु बाहिरिएको आकलन कतिपय विश्लेषहरुले गरेका छन् ।

सेयर बजारमा उत्पादनमूलक क्षेत्रको कमजोर उपस्थिति

नेपालको सेयर बजारमा उत्पादनमूलक क्षेत्रको कमजोर उपस्थिति हुँदा पनि अहिलेको अवस्था अएको कतिपय अर्थशास्त्रीहरुको भनाइ छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बोट्लर्स नेपाल, हिमालयन डिस्टिलरी, शिभम् सिमेन्ट र युनिलिभर लिमिटेड मात्र नेपालको सेयर बजारमा सूचीकृत उत्पादन मूलक क्षेत्रहरु हुन् । बाँकी अन्य सबै सेवामूलक, बैंक तथा ब्यापारिक क्षेत्रहरु मात्र हुन । त्यस्ता क्षेत्रहरु उत्पादन मूलक क्षेत्रहरु जस्तो दिगो नहुने अर्थशास्त्रीहको भनाइ छ ।

सरकारी खर्च नहुँदा प्रत्यक्ष प्रभाव सेयर बजारमा

अहिलेको सेयर बजारमा समस्या आउनु बैकिङ् प्रणालीमा भएको तरलता अभाव र त्यसको कारणले व्याजदरमा पारेको प्रभाव नै हो । सेयर बजार तुलनात्मक रुपमा जोखिम युक्त क्षेत्र नै हो । उता तरलता घट्न थालेपछि बैंकहरुले पनि निक्षेप बढाउन आकर्षक व्याजको अफर गरिरहेकै छन् । बैंकिङ क्षेत्र तुलनात्मक रुपमा सुरक्षित क्षेत्र हो ।

आकर्षक ब्याज दिन थालेपछि कतिपय लगानीकर्ताहरु बैंकतिर सिफ्ट भएको जानकारहरुको भनाइ रहेको छ । लगानीकर्ताहरु सुरक्षित हुन बैंकहरुतिर सिफ्ट भएपछि सेयरको मागमा कमि अएको छ । स्वभाबैले पुर्तिभन्दा मागमा कमी अयो भने यसको सोझो असर मूल्यमा पर्ने अर्थशास्त्रको सिद्धान्त नै हो । अहिलेको नेपालको सेयर बजारमा पनि त्यहि भएको हो ।

नेपाली समाजको वास्तविक चरित्र मध्यम वर्गीय र ढुलमुले नै हो । यो चरित्रले नेपालका राजनीतिक दलहरुलाई आक्रान्त नै बनाएको छ । आफू मात्रै ठूलो ठाउँमा पुग्ने र ओगटेर बस्ने, आफ्नो मात्रै स्वार्थलाई केन्द्रमा राख्ने नेपाली समाजको चरित्र अहिले सेयर बजारमा सिफ्ट भएको छ ।

समाजको चरित्र राजनीतिक दल हुँदै सेयर बजारसम्मै

नेपाली समाजको वास्तविक चरित्र मध्यम वर्गीय र ढुलमुले नै हो । यो चरित्रले नेपालका राजनीतिक दलहरुलाई आक्रान्त नै बनाएको छ । आफू मात्रै ठूलो ठाउँमा पुग्ने र ओगटेर बस्ने, आफ्नो मात्रै स्वार्थलाई केन्द्रमा राख्ने नेपाली समाजको चरित्र अहिले सेयर बजारमा सिफ्ट भएको छ ।

दुनियाँलाई जेसुकै होस् आफूमात्रै छिटो छिटो धनी बन्नु पर्ने मध्यमवर्गीय सोचका कारण अधिकांस मानिसहरु सेयर बजारमा हामफालेका थिए । तर नेपालको सेयर बजार त्यस्तो थिएन । यो फुलेको मात्रै थियो । यसको वास्तविक आकारको आकंलन गर्न नसक्दा धेरै लगानीकर्ताहरु कसैका कारण बजार घटेको भन्दै हङ्गामा मच्चाउन खोज्दैछन् ।

याे पनि पढ्नुहाेस्

वि.सं.२०७८ मंसिर २७ सोमवार १८:०९ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...