back

भेडापालक कृषकलाई तीस लाख अनुदान

वि.सं.२०७३ फागुन २४ मंगलवार

486 

shares
IME Limited
NTC AD

 २४ फागुन,बाबियाचौर (म्याग्दी) । म्याग्दीको कालीगण्डकी भेगका भेडापालक कृषकले रु ३० लाख अनुदान पाएका छन् ।

जिल्ला पशु सेवा कार्यालयले भेडापालन क्षेत्रमा पूर्वाधार निर्माणका लागि कालीगण्डकी भेडा विकास स्रोत केन्द्रमार्फत अनुदान उपलब्ध गराएको हो । भेडा गोठ, टहरा, खानेपानी, डिपिङ टङ्की निर्माण गर्न स्रोत केन्द्रमार्फत रु ३० लाख ९० हजार अनुदान उपलब्ध गराइएको पशु विकास अधिकृत नरबहादुर बानियाँले बताउनुभयो ।

स्रोत केन्द्रमा शिख, घार, हिस्तान, राम्चे, भगवती, दोवा, बेग, भुरुङ तातोपानी, दाना र नारच्याङ गाविसका ६३ जना भेडापालक कृषक आबद्ध छन् । उनीहरुले हाल ११ हजार पाँच सय ८१ भेडा पालेका छन् । परम्परागत भेडापालन पेसालाई व्यवस्थित र व्यावसायिक बनाउन कृषकलाई सङ्गठित गरी पूर्वाधार निर्माण र प्राविधिक सहयोग गरिएको अधिकृत बानियाँले बताउनुभयो ।

दशवटा गोठ बनाउन रु दुई लाखका दरले र १० वटा टहरा बनाउन रु ५० हजारका दरले सहयोग गरिएको छ । यसैगरी दाना, शिख र दोवाको चरन क्षेत्रमा चारवटा भेडाले पानी खाने पोखरी बनाउन रु ८० हजारका दरले अनुदान पाएका छन् । बाह्य परजीवी नियन्त्रणका लागि औषधि उपचार गर्न दाना र बेगमा रु ६०६० हजारमा दुईवटा डिपिङ टङ्की निर्माण गरिने भएको छ । दाना, भुरुङ, शिख र हिस्तानको चरन क्षेत्रबाट विषयुक्त घाँस हटाउन रु एक लाख २५ हजार छुट्याइएको छ ।

यसैगरी दाना, नारच्याङ र बेगको चरन खर्चमा जाने बाटो बनाउन रु दुई लाख उपलब्ध गराइएको छ । कृषकको माग र स्रोत केन्द्रले तयार पारेको कार्ययोजनाअनुसार सम्झौता गरी पूर्वाधार निर्माणका लागि अनुदान उपलब्ध गराइएको पशु सेवा कार्यालयले जनाएको छ । प्रविधिज्ञले तयार पारेको मापदण्डअनुसार चालु आर्थिक वर्षभित्र नै पूर्वाधार बनाउनुपर्नेछ ।

गोठमा बस्ने कृषकलाई रु आठ लाख बराबरको ऊन काट्ने कैँची, चर्खा, त्रिपाल, मोबाइल, पाल, सौर्य टुकी, गमबुट, टर्च लाइटलगायत बन्दोबस्तीका सामग्री सहयोग गरिने पशु सेवा प्रविधिज्ञ डिल्लीराम रेग्मीले बताउनुभयो । स्रोत केन्द्रमा आबद्ध कृषकलाई कार्यालयले आन्तरिक तथा बाह्य परजीवी विरुद्धको औषधि, प्राविधिक सेवा र विभिन्न सामग्री सहयोग गर्दै आएको छ ।

वि.सं.२०७३ फागुन २४ मंगलवार १०:२० मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...