back
CTIZAN AD

भेडापालक कृषकलाई तीस लाख अनुदान

वि.सं.२०७३ फागुन २४ मंगलवार

711 

shares

 २४ फागुन,बाबियाचौर (म्याग्दी) । म्याग्दीको कालीगण्डकी भेगका भेडापालक कृषकले रु ३० लाख अनुदान पाएका छन् ।

जिल्ला पशु सेवा कार्यालयले भेडापालन क्षेत्रमा पूर्वाधार निर्माणका लागि कालीगण्डकी भेडा विकास स्रोत केन्द्रमार्फत अनुदान उपलब्ध गराएको हो । भेडा गोठ, टहरा, खानेपानी, डिपिङ टङ्की निर्माण गर्न स्रोत केन्द्रमार्फत रु ३० लाख ९० हजार अनुदान उपलब्ध गराइएको पशु विकास अधिकृत नरबहादुर बानियाँले बताउनुभयो ।

स्रोत केन्द्रमा शिख, घार, हिस्तान, राम्चे, भगवती, दोवा, बेग, भुरुङ तातोपानी, दाना र नारच्याङ गाविसका ६३ जना भेडापालक कृषक आबद्ध छन् । उनीहरुले हाल ११ हजार पाँच सय ८१ भेडा पालेका छन् । परम्परागत भेडापालन पेसालाई व्यवस्थित र व्यावसायिक बनाउन कृषकलाई सङ्गठित गरी पूर्वाधार निर्माण र प्राविधिक सहयोग गरिएको अधिकृत बानियाँले बताउनुभयो ।

दशवटा गोठ बनाउन रु दुई लाखका दरले र १० वटा टहरा बनाउन रु ५० हजारका दरले सहयोग गरिएको छ । यसैगरी दाना, शिख र दोवाको चरन क्षेत्रमा चारवटा भेडाले पानी खाने पोखरी बनाउन रु ८० हजारका दरले अनुदान पाएका छन् । बाह्य परजीवी नियन्त्रणका लागि औषधि उपचार गर्न दाना र बेगमा रु ६०६० हजारमा दुईवटा डिपिङ टङ्की निर्माण गरिने भएको छ । दाना, भुरुङ, शिख र हिस्तानको चरन क्षेत्रबाट विषयुक्त घाँस हटाउन रु एक लाख २५ हजार छुट्याइएको छ ।

यसैगरी दाना, नारच्याङ र बेगको चरन खर्चमा जाने बाटो बनाउन रु दुई लाख उपलब्ध गराइएको छ । कृषकको माग र स्रोत केन्द्रले तयार पारेको कार्ययोजनाअनुसार सम्झौता गरी पूर्वाधार निर्माणका लागि अनुदान उपलब्ध गराइएको पशु सेवा कार्यालयले जनाएको छ । प्रविधिज्ञले तयार पारेको मापदण्डअनुसार चालु आर्थिक वर्षभित्र नै पूर्वाधार बनाउनुपर्नेछ ।

गोठमा बस्ने कृषकलाई रु आठ लाख बराबरको ऊन काट्ने कैँची, चर्खा, त्रिपाल, मोबाइल, पाल, सौर्य टुकी, गमबुट, टर्च लाइटलगायत बन्दोबस्तीका सामग्री सहयोग गरिने पशु सेवा प्रविधिज्ञ डिल्लीराम रेग्मीले बताउनुभयो । स्रोत केन्द्रमा आबद्ध कृषकलाई कार्यालयले आन्तरिक तथा बाह्य परजीवी विरुद्धको औषधि, प्राविधिक सेवा र विभिन्न सामग्री सहयोग गर्दै आएको छ ।

वि.सं.२०७३ फागुन २४ मंगलवार १०:२० मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...