Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

कुलो निर्माणपछि २९ हेक्टर जमिनमा सिँचाइ



२४ फागुन,सिन्धुली । ठाडोकुलो फाँट सिँचाइ योजना सम्पन्न भएपछि कमलामाई नगरपालिका–५ मा २९ हेक्टर खेतीयोग्य जमिन सिञ्चित भएको छ । नेपाल सरकार, स्विस सरकारको सहयोग र स्थानीयवासीको जनसहभागितामा कुलो निर्माण भएपछि खेतीयोग्य जमिन सिञ्चित भएको हो ।

ग्वाङखोलामा कुलोको मुहान बनाई एक हजार ६ सय ७९ मिटर लामो कुलो निर्माण सम्पन्न गरिएको ठाडोकुलो फाँट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । कुलो निर्माण गर्न स्थानीयवासीबाट सङ्कलित रु तीन लाख १७ हजार एक सय ४३ सामग्री र त्यसको ढुवानीमा खर्च गरिएको थियो । यस अतिरिक्त नेपाल सरकारबाट पाँच लाख ७९ हजार २९ र स्विस सरकारबाट आठ लाख ६८ हजार पाँच सय ४४ प्राप्त भएको थियो ।

कुल ४६ लाख २१ हजार दुई सय ३९ रुपैयाँको लागतमा कुलो निर्माण गरिएको हो ।

साना सिँचाइ परियोजनाबाट एक हजार ६ सय ७९ मिटर लामो सिँचाइ कुलो निर्माण भएपछि सिन्धुली फाँट नै बाह्रै महिना सिञ्चित हुने भएको छ । सिँचाई कुलो निर्माण भएपछि तरकारी खेतीका साथै अन्य अन्नबाली लगाउन सजिलो भएको स्थानीयवासी यमप्रसाद फुयाँलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नेपाल सरकार र स्विस सरकारको सहयोगमा पक्की कुलो मर्मत गरेपछि हामीलाई बर्खायाममा दैनिक बाँध र कुलो बनाउनुपर्ने बाध्यता हट्ने भएको छ । खोलामा पानी भए पनि वर्षाको समयमा खेतमा पानी लगाउन समस्या थियो । अब बाह्रै महिना जमिनमा सिँचाइ गर्न सक्ने भएका छांै ।”

अब विगतमा कुलाको बाँध र कुलो बनाउन जङ्गल गएर दैनिक सोत्तर ल्याउनुपर्ने झन्झटबाट पनि स्थानीयवासी मुक्त भएका छन् । पहिला कुलो तथा बाँध बनाउँदा बनाउँदै ग्वाङ खोलाको शिरमा पानी पर्दा आएको बाढीले बगाइदिने र दैनिक बाँध र कुलो बनाउन जानुपर्ने हुन्थ्यो । अब भने समयको बचत भएको छ । उहाँका अनुसार अब खहरे खोलामा कभर क्यान गरिएको छ र बाँधमा क्रस डेन निर्माण, पक्की कुलो निर्माण गरिएकाले सदैव खेतमा लगाएको बालीनालीमा सिँचाइ गर्न सहज भएको छ ।

यस्तै सिँचाइ गर्न नसक्दा त्यस क्षेत्रका किसानले हिउँदे बाली तथा मकैसमेत लगाउन पाएका थिएनन् । कुलोबाट पानी चुहावट हुँदा खेतमा पानी पुग्न बिहानभर लाग्ने गरेकामा अहिले कुलो निर्माण गरेपछि बाँधबाट खेतमा पानी १० मिनेटमै पुगेको कृषक बताउँछन् । सिँचाइ कुलो निर्माण भएपछि सबैभन्दा बढी महिलालाई सजिलो भएको छ । जिविसको कार्यालयअन्तर्गत साना सिँचाइ कार्यक्रमबाट कुलो निर्माण सम्पन्न भएपछि खुसी हँुदै स्थानीयवासी इन्दिरा फुयाँलले भन्नुभयो, “पुरुषहरु विदेश जाने र हामी महिलाले घरको काम गर्नुपर्ने भएकाले पहिले बलियो सिँचाइ कुलो नहँुदा मुहानमा पानी भए पनि सिँचाइ गर्न सकिएको थिएन । सिँचाइ गर्न नसक्दा तरकारी, अन्नबाली तथा नगदेबाली उत्पादनमा कमी हुने गरेको थियो ।” सिँचाइ कुलो निर्माणले अब अन्नबाली र तरकारी उत्पादनम अवश्य वृद्धि हुने उहाँको भनाइ छ ।

महिलाले घरायसी काम गर्नुपर्ने, वर्षायाममा खोलामा बाँध र कुलो बनाउन अनिवार्य जानुपर्ने बाध्यता हटेपछि महिला बढी हर्षित भएको स्थानीयवासी मनमाया थापाले बताउनुभयो ।
सिँचाइ गर्न पाउने भएपछि किसानले तरकारी, फलफूल जस्ता बाली लगाउने योजनासमेत बनाइसकेको अर्का कृषक केशव दाहालले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा