काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ८७२ नमुना परीक्षणमा १८१ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १८१ जनासँगै नेपालमा एन्टिजेन र पिसीआर दुवै विधिबाट गरिएको नमुना परीक्षणमा संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ७२० पुगेको छ ।
त्यसैगरी आज निको भएका २८९ जनासँगै हालसम्म निको हुनेको संख्या ८ लाख ८ हजार ८९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५७३ पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५,२७१ रहेको छ । ती मध्ये ५ हजार २३ जना होम आइसोलेशनमा रहेका छन् भने २४८ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल आइसीयुमा १०० र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ९७ हजार २६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
नेपालमा हालसम्म २ करोड १६ लाख ५४ हजार १०९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड २० लाख ३१ हजार १०८ जनाले पहिलो मात्रा र ९६ लाख २३ हजार १ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।
नेपालमा आज १८९ जनामा कोरोना संक्रमण, २५० जना संक्रमणबाट मुक्त
वि.सं.२०७८ पुस ४ आइतवार १६:३५ मा प्रकाशित




























