back
CTIZAN AD

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०८ पुग्यो

वि.सं.२०७८ पुस ५ सोमवार

696 

shares

मनिला । फिलिपिन्समा यसवर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको सङ्ख्या २०८ पुगेको छ । योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै गएको छ । हालैका वर्षहरुमा फिलिपिन्स आएको घातक आँधी मध्ये एक भएको जनाइएको छ ।

राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रलाई तहसनहस पारेपछि कम्तीमा २३९ जना घाइते भएका र ५२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस आँधीको कारण यस क्षेत्रका ३००,००० भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए ।

आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उडाएको छ । बिजुलीका पोल ढलेका छन् र गाउँ बाढीमा परेका छन् । राईले गत बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौँ सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् । खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आपत्कालीन सेवाहरूले चन्दाका लागि अपिल गरेका छन् । सन् २०१३ मा आएको हाइयान नामक आँधी यस देशको इतिहार घातक रहेको यसमा परी सात हजार ३०० व्यक्तिको मृत्यु वा बेपत्ता भएका थिए । एएफपी

 

वि.सं.२०७८ पुस ५ सोमवार २०:२७ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...