back
CTIZAN AD

३५ वर्षीय विद्यार्थी नेता बने चिलीका राष्ट्रपति

वि.सं.२०७८ पुस ५ सोमवार

789 

shares

सान्टीयागो । ल्याटिन अमेरिकी मुलुक चिलीण्मा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् । कूल मतको ५६ प्रतिशत मत पाएर उहाँ निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनका प्रतिद्धन्द्धी तथा पुरातनवादी पार्टीका नेता जोस एन्टेनियो कास्टले भने ४४ प्रतिशत मात्रै मत पाएका थिए । उनीहरु बीचमा १२ प्रतिशत मत अन्तर थियो । विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित सन् २०११-१२ मा विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी मुख्य आन्दोलनकारी थिए ।

त्यसैगरी सन् २०१७ मा पनि उनी सवैभन्दा धेरै मतसहित विजयी भएका थिए । अहिले फेरि सरकारबिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतीय निर्वाचन भएको हो । निर्वाचनका बेलामा आफू निर्वाचित भएमा चिलीमा स्थिर अर्थव्यबस्था अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । एएफपी

वि.सं.२०७८ पुस ५ सोमवार २०:३४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...