काठमाडौं । विभाजनको संघारमा पुगेको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले सामानान्तर कमिटीको घोषणा गरेको छ । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पाण्डे समूहका नेताहरुमाथि क्रमबद्ध कारबाहीको डण्डा चलाएपछि पाण्डे समूहले सामानान्तर कमिटीको घोषणा गरेको हो ।
पाण्डे समूहले पार्टी सुद्धढीकरण अभियान भन्दै सामानान्तर कमिटीको घोषणा गरेको छ । पाण्डेले विवेकशील साझाका १२९ केन्द्रीय सदस्यलाई समेट्दै उक्त कमिटी बनाएका हुन् ।
विवेकशील साझाले पार्टी सुदृढीकरण अभियान सञ्चालनको मूल आधार ‘विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र–२०७७’ र ‘वैकल्पिक राजनीतिको मूल बाटो’ हुने पनि उल्लेख गरेको छ।
‘पार्टी संयोजक मिलन पाण्डेको नेतृत्वमा पार्टीका महत्त्वपूर्ण नेताहरू र वैकल्पिक राजनीतिको सीमाभित्र क्रियाशील विभिन्न तह र तप्काका नयाँ तथा पुराना अभियन्ताहरूलाई समेत सहभागी गराउँदै विवेकशील साझा पार्टीको सुदृढीकरण र पुनर्गठन गर्नु यो अभियानको मूल ध्येय हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।
कमिटीमा प्रविन सुवेदी, सुजन आचार्य, विक्रम परियार, कालुराम तामाङ, महेन्द्र आचार्य, कल्याण अधिकारी, बिमला रोक्का, बोधराज पराजुली, सुबास भारती, प्रदीप ढकाल, पवन थापा मगर, प्रतिभा पोखरेल, दिपेन्द्र कार्की, चेतनाथ निरौला, प्रेक्षा पन्डित, फडिन्द्र शाह, सुदिप ओझा, अशोक खड्का, सुरज श्रेष्ठ केन्द्रीय सदस्य भएका छन्।
साथै मनिषा मगर, बाबुराज बस्नेत, युजन राजभण्डारी, कल्याण थापा, नवराज कार्की, सुबास पन्थी, सन्देश केसी, रेशम के श्रेष्ठ, रामहरि तिम्सिना, बिदुर अधिकारी, बन्धु घिमिरे, राजेशकुमार गिरी, आशा ठाकुर, नाबिता शर्मा, सुदिप बजगाई, सौरभ नेउपाने, तारा भट्ट, सौरभ न्यौपाने, भोला रिजाल, रवीन्द्र उपाध्याय, रोहन दंगाल, सागर वेलवासे, भरत कँडेल, तुलसीराज उप्रेती, कृष्ण आचार्य, पदमराज न्यौपाने, नरेश भण्डारी, भीमनारायण कोइराला, सागर घिमिरे, बिपिन पाण्डे, बिष्णु केसी, निर्मल फुयाल, सम्झना उप्रेती, गोविन्द आचार्य, रामबाबु यादव र उत्तम खनाल पनि केन्द्रीय समितिमा सदस्य छन्।
१७ जनाको नाम भने दोस्रो चरणमा घोषणा गरिने पाण्डे पक्षका नेता हरिश भट्टले निकालेको विज्ञप्तिमा उल्लेख छ।
वि.सं.२०७८ पुस ६ मंगलवार १३:१२ मा प्रकाशित






























