काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको दशौं अधिवेशनअन्तर्गतको दोस्रो बैठक आज बस्ने भएको छ । बैठक दिउसो केही बेर पछि बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा केही अध्यादेशमाथि छलफल गर्ने तयारी छ । संसद सचिवालयले जनाएअनुसार यौन हिंसाविरुद्वको केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमाथि छलफल हुनेछ ।
यस्तो छ कार्यसूचीको पूर्णं विवरण

वि.सं.२०७८ पुस ६ मंगलवार १३:२३ मा प्रकाशित






























