काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) गरेको अवरोधलाई वेवास्ता गर्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठकलाई अघि बढाएका छन् ।
सभामुखले यसअघि तय भएको कार्यसूचीअनुसार बैठकलाई अघि बढाएका हुन् । एमालेको नाराबाजीकै बीच सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई यौन हिंसाविरुद्वका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न दिएका थिए ।
संसद सचिवालयले जनाएअनुसार यौन हिंसाविरुद्वको केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमाथि छलफल हुनेछ ।
भिडियाे लाइभ
वि.सं.२०७८ पुस ६ मंगलवार १३:४३ मा प्रकाशित






























