back
CTIZAN AD

सात बिघा क्षेत्रफलमा कृषिमण्डी निर्माण हुँदै

वि.सं.२०७८ पुस ७ बुधवार

720 

shares

झापा । मेचीनगर नगरपालिका-१० मा आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गर्ने उद्देश्यले कृषिमण्डी निर्माण हुने भएको छ । करिब सात बिघा जमिनमा बन्ने कृषिमण्डी आयोजनाका लागि मङ्गलबार सम्झौता गरिएको हो ।

नगरपालिकका र नगर विकास कोष काठमाडौँबीच रु नौ करोड ६५ लाख २३ हजारको ऋण सम्झौता भएको छ । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र नगर प्रमुख विमल आचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन् । मेचीनगर कृषिमण्डी आयोजना निर्माणको कूल अनुमानित लागत रकम रु १२ करोड ८६ लाख ९८ हजारको ७५ प्रतिशत ऋण रकम कोषका तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने सम्झौतामा उल्लेख गरिएको छ ।

सो सम्झौता नगरप्रमुख आचार्यले बृहत् नमूना कृषि पूर्वाधार आयोजनाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै आयोजना गुणस्तरीय र सयममा सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे । सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिकामा निर्माण हुने आयोजनाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा विकास हुने र स्थानीय उत्पादनको बजारीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।

उनले नगर विकास कोषको उद्देश्य नै व्यवस्थित सहरीकरणमा नगरपालिकालाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्ने रहेकाले आगामी दिनमा नगरपालिकासँग सहरी पूर्वाधारका अन्य आयोजनामा समेत सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।
रासस

वि.सं.२०७८ पुस ७ बुधवार ११:४८ मा प्रकाशित

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...