काठमाडौं । विवादै विवादका बीच राष्ट्रिय सम्मेलन सकिएको डेढ महिनापछि नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले सपथ ग्रहण गराउने भएको छ । क्रान्तिकारीले बुधबार प्रज्ञा भवनमा सपथ कार्यक्रम राखेको छ ।
तर, पदाधिकारी र केन्द्रीय सदस्यको नामप्रति भने असन्तुष्टी कायमै छ । पूर्वअध्यक्ष रञ्जित तामाङ र विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य पनि नाम चयनमा असन्तुष्ट भएको बुझिएको छ । असन्तुष्टीकै बीच गत मंसिर २७ मा अध्यक्ष पञ्चा सिंहले केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेकी थिइन् ।
राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयन हुन नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तक्षेप गरि पञ्चा सिंहलाई अध्यक्ष बनाएका थिए । तर, सिंहको नामप्रति विद्यार्थीमा सन्तुष्टी देखिन्न ।
वि.सं.२०७८ पुस ७ बुधवार १२:१३ मा प्रकाशित






























