काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १,५३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार सम्मेलनमा प्रदेश, सल्लाहकार, विभाग, आयोग, जेष्ठ मञ्च, भ्रातृ संगसंगठनलगायतबाट समेत गरी करिब १५०० प्रतिनिधि सहभागी हुनेछन् ।
प्रवक्ता महराका अनुसार आयोजक समितिका १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १०२ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् ।
त्यस्तै प्रदेशहरुबाट छनोट भएर आएका ८०३ जना र ७३ जना मनोनीत हुने प्रवक्ता महराले जानकारी दिए । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते हुँदैछ ।
प्रदेश प्रतिनिधिहरु प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, वागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरुबाट ४३ जना छनोट हुनेछन् ।
माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ ।
वि.सं.२०७८ पुस ७ बुधवार १५:१८ मा प्रकाशित






























