back
CTIZAN AD

आत्मनिर्भर बनाउन च्याउखेती

वि.सं.२०७८ पुस ७ बुधवार

987 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका महिलालाई आत्मनिर्भर बनाउनका लागि च्याउखेतीतर्फ उन्मुख गराइएको छ । नगरपालिकाको कृषि शाखाले महिलालाई च्याउखेतीसम्बन्धी तालिम प्रदान गरी व्यावसायिक बनाउन थालेको हो ।

महिलाको २५ समूह निर्माण गरी च्याउखेतीबारे आवश्यक तालिमसँगै अनुदानमा कन्याजातको च्याउको बीउ र टनेल निर्माणका लागि सामग्री उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखाका प्राविधिक सहायक करनसिंह बुढाऐरले बताए ।

“वडा नं २, ३, ५, ८ र १२ का गरी १२५ जना महिलालाई तालिमका लागि छनोट गरी च्याउखेतीका लागि आवश्यक सामग्री हस्तान्तरण गर्ने कार्य सुरु गरेका छौँ”, उनले भने, “वडा नं १२ र ८ मा तालिमसँगै अनुदान सामग्री उपलब्ध गराइसकेका छौँ । अन्य वडामा तालिम सञ्चालन भइरहेका छन् ।” तालिम लिएका महिलाले अनिवार्यरुपमा च्याउखेती गरेको हुनुपर्ने शर्त राखिएको छ ।

विपन्न अवस्थाका महिलाको आर्थिक अवस्था सुदृढ गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले महिलालाई तालिमका क्रममा च्याउखेतीका लागि पराल तयार गर्ने कार्यसँगै प्लाष्टिक टनेल बनाउने, प्लाष्टिकका थैलामा च्याउको बीउ राख्ने र बीउ राखिसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा तालिमका क्रममा जानकारी दिने कार्य गरिँदै आएको बताए ।

तालिममा सहभागी महिलालाई तीन किलो ५०० ग्रामका दरले च्याउको बीउ, प्लाष्टिक टनेल निर्माणका लागि आवश्यक प्लाष्टिक र परालको पोकामा बीउ राख्नका लागि प्रयोग हुने प्लाष्टिकका थैलासमेत अनुदानका रुपमा उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।

प्रत्येक वडामा च्याउखेतीका लागि तालिममा सहभागी हुने २५ जना महिलालाई रु एक लाख बराबरको अनुदान सामग्री उपलब्ध गराउने कार्य भइरहेको प्राविधिक सहायक बुढाएरले बताए । पाँच वटा वडामा सञ्चालन हुने तालिम र अनुदानका लागि शाखाले रु पाँच लाख बजेटको व्यवस्था गरेको छ ।
रासस

वि.सं.२०७८ पुस ७ बुधवार १५:३४ मा प्रकाशित

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...