back
CTIZAN AD

ग्रीसमा सडक दुर्घटनामा मृत्यु भएका चार नेपालीको पहिचान खुल्यो

वि.सं.२०७८ पुस ७ बुधवार

702 

shares

काठमाडौं । ग्रीसमा भएको सडक दुर्घटनामा परे मृत्यु हुने नपालीको पहिचान खुलेको छ ।

नोभेम्बर दोस्रो साता गैरकानुनी रुपमा टर्किबाट ग्रिस प्रवेश गर्ने क्रममा ट्रक दुर्घटना परेर ज्यान गुमाएका चार नेपालीको सनाखत भएको हो ।
ज्यान गुमाउनेमा रसुवाकी शर्मिला तामाङ (रमिला घले), भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेको बताइएको छ ।

दुर्घटनामा परेर ज्यान गुमाएका सापकोटाको यसअघि नै सनाखत भएको नेपाली दूतावास भियनाले जनाएको छ ।

नेपाली दूतावास भियनाका अनुसार मृतकका तस्बिरहरु ग्रिस प्रहरीले इन्टरपोलमा राखेको र नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान व्युरोमा पुगेर मृतकका आफन्तले पहिचान गरेपछि सनाखत भएको हो ।

उक्त दुर्घटनामा परि घाईते भएका भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्यको अवस्था सामान्य रहेको र हाल ग्रीसको ऐथेन्स सहरमा रहेका उनीहरुबाटै गाडीमा अन्य ४ नेपाली पनि रहेको खुलासा भएको दूतावासले जनाएको छ ।

नोभेम्बर दोस्रो साता भएको उक्त दुर्घटनामा परि चार नेपाली सहित सात आप्रवासी नागरिकको मृत्यु भएको थियो भने २ नेपालीसहित ८ घाईते भएका थिए । त्यहाँको प्रहरीका अनुसार ओभरलोड भएका कारण उक्त गाडी दुर्घटना भएको थियो ।

वि.सं.२०७८ पुस ७ बुधवार १५:३७ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...