७ पुष, काठमाडौँ । सेयर बजार (नेप्से) मा साताको चौथो दिन बुधबार उछाल आएको छ । आज बजार परिसूचक ९२ दशमलव १६ अकंले बढेर समग्र परिसूचक २५०७ दशमलव ७० बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १४ दशमलब ७४ अकंले बढेर ४७७ दशमलब २६ बिन्दुमा पुगेको छ ।
आज कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी, अपर तामाकोशी, अरुण भ्याली हाईड्रोपावर, गोर्खाज फाइनान्स, नविल बैंक, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा एचआईडिसिएल, अरुण भ्याली हाईड्रोपावर, नेशनल हाईड्रोपावर, अपि पावर, अपर तामाकोशी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज ३ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज अरुण भ्याली हाईड्रोपावर, सिभल सिमेन्ट र अपर तामाकोशीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
वि.सं.२०७८ पुस ७ बुधवार १५:३७ मा प्रकाशित




























