back
CTIZAN AD

चिसोको कारण हुम्लामा दैनिक ६० जनाभन्दा बढी बिरामी

वि.सं.२०७८ पुस ७ बुधवार

672 

shares

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयतादेखि बिरामीको सङ्ख्या बढेको छ । यही पुस महिना लागेसँगै जिल्लाको तापक्रम माइनसमा झरेर चिसो अत्यधिक भएपछि अस्पतालमा रुघाखोकीलगायतका बिरामी बढेका जनाइएको छ ।

जिल्ला अस्पताल हुम्लामा दैनिक दिनको ६० जनाभन्दा बढी उपचारका लागि पुग्ने गरेको गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । ज्वरो, रुघाखोकी, दम, लगायतका बिरामी उपचारका लागि गाउँबाट जिल्ला पुग्ने गरेको अनमी बताईन् । उनका अनुसार बिरामी उपचारका लागि आएपछि जिल्ला अस्पतालमा रहेका श्यया पनि भरिभराउ भएका छन् । यस्तै घाँटी र शरीर दुख्ने, खाना खान मन नलाग्ने लक्षणका बिरामी पनि आउने गरेबका छन् ।

बालबालिका र वृद्धवृद्धामा यस्तो समस्या बढी देखिएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था जटिल भएका केही बिरामीलाई अस्पतालमै भर्नासमेत गरिएको छ ।

वि.सं.२०७८ पुस ७ बुधवार १७:०८ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...