काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ६२६ नमुना परीक्षणमा २९३ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २९३ जनासँगै नेपालमा पिसीआर र ऐन्टिजेन बिधिबाट गरिएको परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ ।
त्यसैगरी आज निको भएका २६३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख ९ हजार ९२२ पुगेको छ ।
त्यस्तै आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८८१ पुगेको छ ।
त्यसैगरी हाल नेपालमा ५,१६१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,९१० जना होम आइसोलेशनमा रहेका छन् भने २५१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल आइसीयुमा ९६ र भेन्टिलेटरमा २२ जनाको उपचार भइरहेको छ ।
२ करोड २५ लाख बढीले खोप लगाए
नेपालमा हालसम्म २ करोड २५ लाख १० हजार ८१८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या १ करोड २६ लाख ७२ हजार ४४२ पुगेको छ भने ९८ लाख ३८ हजार ३७६ जनाले दोस्रोमात्राको खोप लगाइसकेको पनि स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
वि.सं.२०७८ पुस ८ बिहीवार १५:४८ मा प्रकाशित






























