back
CTIZAN AD

परीक्षा तत्काल सञ्चालन गर्न माग

वि.सं.२०७८ पुस ११ आइतवार

711 

shares

कामाठडौँ । भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् । विस २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन् ।

भन्सार विभागले विभिन्न बहाना बनाएर परीक्षा रोक्न खोजेको भन्दै चाँडै परीक्षा मिति तोक्न अनुरोध गर्दैै विरोध कार्यक्रम गरिएको परीक्षार्थी भोलानाथ अर्यालले जानकारी दिए । “परीक्षाको कार्यक्रम तत्काल अगाडि बढाउन आग्रह गर्दै पटक-पटक ताकेता गर्दा पनि अगाडि नबढेपछि हामी सडकमा आउन बाध्य हुनुपरेको हो,”-अर्यालले भने ।

कोरोनाका कारण रोकिएका लोकसेवा आयोगका अन्य परीक्षा सुरु भए पनि भन्सार एजेन्टको परीक्षा हुन नसक्नु दुःखद भएको उनको भनाइ थियो । भन्सार एजेन्टका लागि ६६० पदका लागि नौ हजारभन्दा बढी प्रशिक्षार्थीको आवेदन परेको छ ।

विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले विभागले परीक्षाको कार्यक्रमलाई आफ्नो वार्षिक कार्ययोजनाभित्र राखिसकेकाले अब चाँडो परीक्षा सञ्चालन गर्ने बताए । “लोकसेवा आयोगले लिनुपर्ने परीक्षामा सुरुमा कोरोनाको कारण र पछिल्लो समय लोकसेवाको परीक्षाका लागि सेन्टरको अभाव भएकाले परीक्षा सञ्चालनमा केही ढिलाइ भएको हो,” उनले भने ।

विभागले भन्सार एजेन्टको परीक्षाका लागि आन्तरिक तयारी अगाडि बढाइसकेकाले अब चाँडो परीक्षाको कार्यक्रम हुने उनको भनाइ छ ।
रासस

वि.सं.२०७८ पुस ११ आइतवार १३:४९ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती...