back
CTIZAN AD

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन: बन्द सत्रको पहिलो दिन आज के-के भयो त ?

वि.सं.२०७८ पुस १२ सोमवार

711 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आइतवारदेखि सुरु भएको आठौं महाधिबेशनको दोस्रोदिन आजबाट बन्द सत्र सुरु भएको छ ।

बन्दसत्रको कार्यक्रम सन्चालनका लागि पार्टीका नेता कृष्णबहादुर महराको अध्यक्षतामा सात सदस्यीय अध्यक्ष मण्डल चयन गरिएको छ । जसको अध्यक्ष मण्डलमा गिरीराजमणी पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुबेदी, परशुराम रम्तेल र रुपा महर्जन सदस्य रहेका छन् ।

तयसैगरी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत् गरेका छन् । सो दस्तावेजमाथि छलफलका लागि २५ विभिन्न समुह बनाएर छलफल सुरु गरिएको छ ।

बन्द सत्रमा पार्टी स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत् गरेका छन् । विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीनजना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ । साथै केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था समेत गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ ।
त्यस्तै केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ भने पदाधिकारी र सबैतहका कमिटीहरुमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

मओवादी केन्द्रका अनुसार मंगलबार दिनभर समूहगत छलफल हुने र बुधबार विहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत् गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्डको प्रतिवेदनमाथि २५ समूहको छलफल, हेर्नुहोस् कुन समूहको नेतृत्व कस्ले गर्दैछन् त ?

वि.सं.२०७८ पुस १२ सोमवार २०:१२ मा प्रकाशित

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...