back
CTIZAN AD

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बीमा

वि.सं.२०७८ पुस १३ मंगलवार

726 

shares

नारायण अधिकारी, चितवन । भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ । चार वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम सुरु भएको थियो । हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले रु ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ ।

थप रु चार करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ । बीमा कार्यक्रम लागू भएपछि चार लाख पटक बीमा दाबी भएको तथ्याङ्क रहेको छ । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम छुट्टै विभागमार्फत हेरिँदै आएको छ । बीमा कार्यक्रमको दाबी भुक्तानी हेर्दै आएका लीलाधर पौडेलका अनुसार विसं २०७४ साल भदौ १ गतेबाट यहाँ स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । सुरुमा सामाजिक सुरक्षा कार्यक्रमका रुपमा अघि बढेको यो कार्यक्रम अहिले स्वास्थ्य बीमा बोर्डले हेर्दै आएको छ ।

उहाँका अनुसार भरतपुर अस्पताल धेरै स्वास्थ्य बीमामार्फत बिरामीको उपचार गर्ने देशकै तेस्रो अस्पताल हो । नोबल र लुम्बिनी मेडिकल कलेजपछि भरतपुर अस्पतालले धेरै बीमाका बिरामी उपचार गर्दै आएको छ । पौडेलका अनुसार पहिलो वर्ष रु तीन करोड दुई लाख ३२ हजार आम्दानी बीमाबाट भएको थियो ।

आर्थिक वर्ष २०७५÷७६ मा रु १६ करोड ६७ लाख ७३ हजार, २०७६÷७७ मा रु २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा रु १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो । चालू आर्थिक वर्षमा रु २५ करोड भन्दा बढी आम्दानी हुने अनुमान गरिएको पौडेलको अनुमान रहेको छ । गत महिना अस्पतालले रु तीन करोड ९१ लाख स्वास्थ्य बीमा बोर्डसँग दाबी गरेको पौडेलको भनाइ छ ।

यस हप्ताको आइतबार भरतपुर अस्पतालमा आएका कूल बहिरङग बिरामीमध्ये ७३४ जना बीमाका रहेका थिए । सोमबार यो सङ्ख्या ६२० रहेको थियो । सोमबार बीमा बाहेकका बहिरङगको टिकट काट्नेको सङ्ख्य ३२७ मात्र थियो । अन्य बिरामी भन्दा झण्डै दोब्बर बीमाका हुने गरेका छन् । पछिल्लो समय अस्पतालले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै बोर्डमा दाबी र भुक्तानीमा पनि ताकेता गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बीमा बोर्डबाट सेप्टेम्बरमा रु चार करोड ५२ लाख, अक्टोबरमा रु एक करोड १० लाख, नोभेम्बरमा रु १२ लाख ५३ हजार र डिसेम्बरमा रु आठ करोड ६६ लाख भुक्तानी भएको जानकारी दिए ।

बीमाका बिरामीलाई अन्यत्र जानु नपर्ने गरी अस्पतालले सेवा सुविधा विस्तार गर्दै लगेको उनको भनाइ छ । बिहान ८ः३० बजेबाटै बहिरङग सेवा सुरु गरिएको, दिउँसो ५ बजेसम्म शल्यक्रिया सेवा सञ्चालन गरिएको पौडेल बताउछन् । उनले भने जनशक्ति र स्थानका अभावमा सोचे जति गर्न नसके पनि बीमाका बिरामीलाई अधिकतम सुविधा दिने काममा हामी लागि रहेका छौ ।” पहिले–पहिले बहिरङग सेवा भीड हुँदा र शल्यक्रियाका लागि लामो समय पालो कुर्नु पर्दा बिरामी बाहिर लिएर अन्य बीमा कार्यक्रम लागू भएका अस्पतालमा जान बाध्य थिए । बीमा कार्यक्रम प्रभावकारी हुँदै गर्दा अस्पतालको आम्दानीको मुख्य स्रोत बन्दै गएको छ ।

अस्पतालले वार्षिक रु ५० करोड हाराहारी आम्दानी गर्दैगर्दा बीमाको हिस्सा झण्डै आधा हुने गरेको अस्पतालले जनाएको छ । चितवन र पूर्वी नवलपरासीका बिरामी बीमा कार्यक्रमका लागि भरतपुर अस्पताल आउने गर्दछन् । यो अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् । स्वास्थ्य बीमा कार्यक्रममार्फत लिइने सेवामा सबैभन्दा बढी बहिरङग सेवा हुने गर्दछ । बीमाबाट बिरामीले लिने सुविधामध्येमा सबैभन्दा बढी पेटको औषधि लिइएको बोर्डले जनाएको छ । नेपालमा सामाजिक सुरक्षा कार्यक्रम विसं २०७२ बाट सुरु भएको हो ।रासस

 

वि.सं.२०७८ पुस १३ मंगलवार १२:२५ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...