काठमाडौं । हाल देशैभरी पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको समेत जनाएको छ ।
त्यसैगरी राति पनि राती देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
पश्चिमी न्यून चापीय मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउनु समेत महाशाखाले अनुरोध गरेको छ ।
आज काठमाडौंको न्यूनतम् तापक्रम ३.६ र अधिकतम १५.२ मापन गरिएको छ भने जुम्लाको तापक्रम माइनस ४ मा झरेको छ भने अधिकतम तापक्रम ७.० मापन गरिएको छ ।
वि.सं.२०७८ पुस १४ बुधवार ०८:३७ मा प्रकाशित



























