back
CTIZAN AD

माओवादी महाधिवेशन : विधान मस्यौदामाथि यस्ता छन् सुझाब

वि.सं.२०७८ पुस १४ बुधवार

600 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गतको बन्दसत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान मस्यौदामाथि छलफल जारी छ । विभिन्न २५ समूहले प्रतिवेदन र विधान मस्यौदामाथि सुझाब राखिरहेका छन् ।

सुझाब राख्ने क्रममा विशेषतः विधानमा प्रतिनिधिहरुले एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी भूमिकामा बस्न नपाइने प्रस्ताव गरेका छन् । प्रतिनिधिहरुले जनयुद्धकालिन परिवारलाई पार्टीमा समावेश गराउन विशेष कलस्टरकै निर्माण गर्नुपर्ने सुझाब राखेका छन् ।

संगठनमा पूर्णं समावेशी बनाउनुपर्ने र सरकारमा जाने कुरामा पनि पूर्णं समावेशी बनाउनुपर्ने व्यवस्था विधानमा स्पष्ट उल्लेख गर्न प्रतिनिधिहरुको माग छ । यसैगरि पदाधिकारीको व्यवस्था भूगोलका आधारमा सुझाब प्रतिनिधिहरुको छ । एक प्रदेश एक पदाधिकारीको व्यवस्था गर्न माग गरिएको छ ।

सरकारमा सहभागी हुने नेताहरुको कार्य प्रगति मुल्यांकन गर्ने व्यवस्था विधानमै गर्न पनि माग गरिएको छ । पार्टी अनुशासनअनुसारको आचरण र पार्टीलाई आघात पर्ने गम्भीर प्रकारका गल्ती कमीकमजोरी भएमा कमिटीले फिर्ता बोलाउन सक्ने प्रावधानलाई विधानको अंग बनाइनु पर्ने माग छ ।

पार्टीको संगठनात्मक सिद्धान्तको विकास, नेतृत्वको वैज्ञानिक समायोजन र व्यवस्थापन, पार्टी अन्तरविरोधको संयोगान्त समाधानसम्बन्धी सिद्धान्त, मान्यता र विधिको विकास समावेश गरिनुपर्ने माग छ । पार्टी कमिटी छिटो छरितो र कामकाजी बन्ने अवधारणा बनाउन माग गरिएको छ ।

यसैगरि पार्टी विधानमा जिल्ला समन्वय समिति गठन गर्दा स्थानिय कमिटिको ५ जना पदाधिकारी पदेन सदस्य हुने व्यवस्था गर्न माग छ । यसमा स्थानिय कमिटिको अध्यक्षलाई पदेन सदस्य र ५० प्रतिशत मनोनीत व्यवस्था गरिनु पर्ने माग छ ।

वि.सं.२०७८ पुस १४ बुधवार १७:५४ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...