back
CTIZAN AD

तपाईको आज बिहीवारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?

वि.सं.२०७८ पुस १५ बिहीवार

702 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थिति रमाइलो देखिए पनि हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाए पनि व्यापार–व्यवसायमा फाइदा हुनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनाले नियमित काममा बाधा हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुने सम्भावना देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यावहारिक समस्याले योजना स्थगन हुने देखिन्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने कामको चाप बढ्नेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। केही खर्च पनि बढ्नेछ। थकाइ र कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने समय छ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुःख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ। साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। अध्ययनमा प्रगति हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। ठूलो उपलब्धि नभए पनि साँझतिर काम बन्नेछ। आयस्रोत बढे पनि विवादास्पद जिम्मेवारी आउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर परिस्थिति केही कमजोर रहनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने समय रहेकाले सावधान रहनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। काम बिग्नाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा लामो यात्रा हुने सम्भावना छ। साँझतिर अधुरो काम बन्नेछ भने रमाइलो भेटघाट पनि हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित दाम प्राप्त हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आयस्रोत बढ्नेछन्। स्रोत–साधन जुट्नाले कर्मको उचित प्रतिफल पाइनेछ। मिहिनेतले सजिलै दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। विश्वास दिलाएर झुक्याउनेहरूले सताउन सक्छन्। साँझतिर केही अवसर आए पनि प्रतिस्पर्धीहरूले दुःख दिन सक्छन्। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ने पनि हुन सक्छ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्ला। समय लागे पनि काममा केही उपलब्धि प्राप्त हुनेछ। मिहिनेतले अप्ठ्यारो समयमा पनि फाइदा दिलाउन सक्छ। सुरुमा अरूका लागि जुट्नुपरे पनि साँझदेखि सहयोगीले साथ दिनेछन्। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट लाभ हुनेछ। व्यवसायमा लाभ हुनेछ।

२०७८ पुस १५ गते, बिहीवार, ३० डिसेम्बर २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज बुधवारको राशिफल-आज यी ६ राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !

वि.सं.२०७८ पुस १५ बिहीवार ०८:१५ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...