back
CTIZAN AD

ग्लोबल आइएमई बैंकका ग्राहकले बार्षिकोत्सवको उपलक्ष्यमा छुट तथा क्यासब्याक पाउने

वि.सं.२०७८ पुस १५ बिहीवार

633 

shares

१५ पुष, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकले वार्षिकोत्सवको मौका पारेर आफ्ना ग्राहकहरुलाई पौष १५ गतेबाट माघ १५ सम्म (१महिना) का लागि मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने छ । यसका साथै, वार्षिकोत्सवकै अवसर ग्राहकहरुलाई थप छुट प्रदान गर्ने उदेश्यका साथ पहिलो पटकको क्यूआर कारोबार, पिओएस मेसिन मार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा रु. ३०० सम्म क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ । पौष १७ गते देखि लागु हुन क्यासब्याक योजना सिमित अवधिका लागि रहनेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

वि.सं.२०७८ पुस १५ बिहीवार ११:५४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...