back
CTIZAN AD

सत्तारुढ गठबन्धन दलका शिर्ष नेतृत्वको बैठक बालुवाटारमा बस्दै

वि.सं.२०७८ पुस १९ सोमवार

747 

shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलका शिर्ष नेतृत्वहरुको बैठक आज बिहान बालुवाटारमा बस्दैछ ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवार बनाउने विषयमा छलफल गर्न प्रधानमन्त्री निवास वालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको बताइएको छ ।

सत्तारुढ गठबन्धनले राष्ट्रिसभाको निर्वाचनमा साझा उम्मेदवार बनाएर एमालेविरुद्ध मोर्चाबन्दी गरेर जाने तयारीमा रहेका छन् ।
आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरु नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धनले साझा उम्मेदवार बनाएर जाने बताइएको छ ।

निर्वाचन आयोगले जारी गरेको तालिका अनुसार यही पुस २० गते (मंगलबार) राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

यहि फागुनदेखि एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, कांग्रेसबाट ३ र मनोनीत एकजना गरी २० सांसदको कार्यकाल सकिने भएको छ । २० मध्ये १९ सिटका लागि ७ वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन हुनेछ भने १ मनोनित हुनेछन् । file photo

 

 

वि.सं.२०७८ पुस १९ सोमवार ०९:०९ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...