२० मंसिर, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार (नेप्से) ६३ दशमलव ०१ अकंले बढेर समग्र परिसूचक २६७९ दशमलव ९५ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १५ दशमलब ८५ अकंले बढेर ५०३ दशमलब ७२ बिन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २३४ कम्पनीका ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैंयाँ बराबरका ९१ लाख १० हजार ७५८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ५५ हजार ३ सय ७८ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक, नविल बैंक, अपी पावर, हिमालयन डिष्टिलरी, अपर तामाकोशी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल बंगलादेश बैंक, अपी पावर, ज्योति विकास बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज २ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज श्री इन्भेष्टमेन्ट फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंककाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
वि.सं.२०७८ पुस २० मंगलवार १५:२५ मा प्रकाशित



























