back
CTIZAN AD

एनएमबि बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न, १५.८० लाभांश पारित

वि.सं.२०७८ पुस २३ शुक्रवार

612 

shares

२३ पुष, काठमाडौँ । एनएमबि बैंकको वार्षिक साधारण सभाले प्रस्तावित १५.८० प्रतिशत लाभांश पारित गरेको छ । पुष २२ गते सम्पन्न बैंकको २६ औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशतका दरले नगद लाभांश (कर समेत) पाउने भएका छन् ।

सभाले आर्थिक वर्ष ०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित ०७८ अषाढ मसान्तको वासलात र आ.व. ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु पारित गरेको छ । साधारणसभाले ०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यसैगरी, सभाले बैंकको वर्तमान जारी पूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रूपैयाँबाट वृद्धि गरी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रूपैयाँ पु¥याउन स्वीकृति प्रदान गरेको छ । बोनस सेयर जारी भए पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले सोहि बमोजिम बैंकको प्रबन्धपत्रको दफा ६ (ख) र (ग) र बैंकको नियमावलीको नियम ३२ को उपनियम १ को ख (१) मा संशोधन गरेको छ ।

वि.सं.२०७८ पुस २३ शुक्रवार १०:४९ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...