२३ पुष, काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।
र्याफल ड्र क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरु युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभसाइट धधध.गलष्mयलष्.त्रब मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १३ साथै ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् । सोही क्याम्पियनको अवधि १ जनावरी २०२२ देखि १४ मार्च २०२२ (१७ पुस, २०७८ देखि फागुन ३०, २०७८) सम्म जम्मा ६९ दिनका लागि लागु हुनेछ । विद्युतिय च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानिय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ ।
उक्त क्याम्पियनमा २ वटा र्याफल ड्र गरी २ चोटी २०÷२० जना गरेर तल उल्लेखित तालिका अनुसार पुरस्कार विनियोजन गरिएको छ । युनिमनी एक्सचेन्ज एलएलसी ‘युनिमनी’ वित्तीय सेवाहरूको एक विविध प्रदायक हो । युनिमनीले खुद्रा स्टोरहरू, अनलाइन र मोबाइल समाधानहरूसहित बहु ग्राहक टचपोइन्टहरू मार्फत भौगोलिक, मुद्राहरू र च्यानलहरूमा पैसाको निर्वाध आवागमनको सुविधा दिन्छ ।
वि.सं.२०७८ पुस २३ शुक्रवार १२:३२ मा प्रकाशित




























