काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले नारायणहिटी प्रकरणमा एक्सनमै उत्रिएका छन् । मन्त्रीस्तरीय निर्णयबाटै बतास समूहलाई हटाउने आलेको तयारी छ ।
संरचना निर्माणमा रोक लगाएका मन्त्री आलेले तीन दिनभित्र बनेका संरचना हटाउन बतास समूहलाई निर्देशन नै गरेका छन् । बिहीबार बनेका संरचना नहटाए आफैंले भत्काउने चेतावनीसहितको निर्देशन बतास समूहलाई दिएका हुन् । मन्त्री आलेले संरचना भत्काउन आइतबार १२ बजेसम्मको समय दिएका छन् ।
“मैले तीन दिनभित्र संग्राहलयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन निर्देशन दिइसकेको छु, यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफैं पुगेर हटाउँछु”, बतास समूहलाई दिएको निर्देशनबारे मन्त्री आलेले भनेका छन् ।

नारायणहिटी प्रकरणमा आक्रामक देखिएका मन्त्री आलेले बिहीबार नै बतास समूहको प्रवेशबारे छानबिन गर्न सहसचिवकको नेतृत्वमा समिति नै गठन गरेका थिए । सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको छ ।
मन्त्री आलेले छानबिन समितिलाई पनि आगामी तीन दिनभित्र सबै डकुमेन्टहरुको अध्यययन गरी सुझाव पेश गर्न निर्देशन दिएका छन् ।
सम्बन्धित समाचार
बतासको विवादमा किन तानिइन् देउवा पत्नी आरजु ? के हो वास्तविकता ?
वि.सं.२०७८ पुस २३ शुक्रवार १२:५० मा प्रकाशित