Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

यति र ओम्नी मात्रै होइन बतास समूहलाई पनि ओलीले सहयोग गरेका थिए



काठमाडौं । पछिल्लो साढे तीन वर्षको कार्यकालमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारी र सार्वजनिक सम्पत्तिको निकै दुरुपयोग गरे । उनले भ्रष्ट र विवादित समूहलाई संरक्षण गर्दै उनैलाई सरकारी सम्पत्तिको दोहन गर्न सहयोग पुर्‍याए ।

सरकारको नेतृत्वमा रहँदा ओलीले गोकर्ण रिसोर्ट, दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा र भवन, सगरमाथा राष्ट्रिय निकुञ्जका महत्वपूर्णं ठाउँहरु यति समूहलाई जिम्मा लगाएका थिए । विवादास्पद ओम्नी समूहको गतिविधिमा पनि ओलीको नै सहयोग देखिन्थ्यो । औषधी खरिद प्रकरणमा सिधा–सिधा भ्रष्टाचार भएको भएपनि तत्कालिन समय ओलीकै संरक्षणमा ओम्नी समूह जोगिएको थियो ।

ओली सरकारकै निर्णयअनुसार नै नेपाल वायु सेवा निगमलाई थप कमजोर बनाउने काम भएको थियो । वायुसेवालाई सिध्याउन तत्कालिन समय यति समूहका एजेन्ट फुर्वा ग्याल्जेन शेर्पालाई ओलीकै निर्देशनमा वायुसेवा निगम सञ्चालक समितिमा नियुक्त गरिएको थियो । एकातिर सञ्चालक र अर्कोतिर निगम बोर्ड सदस्यमा पनि यतिकै एजेण्ट ईश्वरी पौडेललाई नियुक्त गरिएको थियो ।

आफ्नो प्रवेशसँगै यति समूहले वायु सेवालाई आफ्नो अनुकुलमा ल्याउने गरि निर्णयहरु गराएका थिए । ओलीकै दबाबमा विमानस्थलको कार्गो भवन नजिकै १० रोपनी जग्गा यति समूहलाई दिलाइएको थियो । समूहले उक्त ठाउँमा आफ्ना जहाजका पार्टपुर्जा राख्दै आएको छ ।

राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष आफैंमा संवेदनशील ठाउँ हुन् । जहाँ मानवको हस्तक्षेप जायज मानिदैन । तर, यति समूहको प्रभावमा ओलीले तत्कालिन समय ‘संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं सञ्चानलसम्बन्धी कार्यनीति, २०६५’को दफा नै संशोधन गरेर समूह अनुकुल निकुञ्जभित्र गतिविधि गर्न मिल्ने वातावरण मिलाएका थिए । ओलीले गरेको उक्त निर्णय भने सर्वोच्चले रोक लगाइएदिएको थियो ।

मिलेमतोमा धर्मशाला पनि भाडामा - The World First Public Newsportal
पशुपति धर्मशाला, जहाँ बतास समूहले हाेटेल चलाइरहेकाे छ ।

बतासलाई पनि ओलीकै सहयोग

विवादास्पद बतास समूहलाई पनि तत्कालिन ओली नेतृत्वको सरकारकै सहयोगमा नारायणहिटीमा प्रवेश गराइएको थियो । १७ पुस ०७७ मा सरकारले बतासलाई उक्त ठाउँ दिने गरि सम्झौता गरेको थियो ।

नारायणहिटी परिसरको सात रोपनी क्षेत्रफलमा रहेको भवन र बाहिरको जग्गा महिनाको दुई लाख २१ हजार रुपैयाँ मात्रै तिर्ने गरी भाडामा दिइएको थियो । बतास समूहले सरकारसँग गरेको सम्झौतासँगै संग्राहलय परिसरमा संरचना बनाउन थालेको हो ।

पशुपति धर्मशाला पनि ओली सरकारले २०७६ मा बतास समूहलाई सुम्पीएको थियो । भारत सरकारले पशुपति दर्शन गर्न आउने तिर्थालुका लागि भनेर बनाएको धर्मशालालाई ओली सरकारले तत्कालिन समय आनन्द होटेलमा परिणत गराएको थियो ।

नारायणहिटीमा रेष्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन « Nagarik Khabar
नारायणहिटी परिसरमा बतास समूह ।

यता पाटन दरबार क्षेत्रमा पनि तत्कालिन सरकारकै सहयोगमा बतास समूहले व्यापार गर्दै आएको । बतास समूहले बोधपाटीलाई १५ वर्षको लागि हात पारेको थियो ।

सरकारी तथा सार्वजनिक जग्गामा मात्रै आँखा गाड्ने बतास समूहले पोखराका सरकारी जग्गाहरु पनि राजनीतिक सहयोगमा प्रयोग गर्दै आएको छ । गण्डकी संग्रहालयको भवन र जग्गा, कृषि कम्पनी लिमिटेडका पोखरा पृथ्वीचोक र तनहुँको दमौली स्थितका जग्गाहरु निकै कम मुल्यमा प्रयोग गर्दै आएको छ । केही वर्ष पहिला कृषि सामाग्री लिमिटेडले तिर्ने जग्गाको करभन्दा कम मुल्यमा बतासले जग्गा पाएको चर्चा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप नै गरेर सम्झौता रद्द गराएको थियो । तर, सबैजसो सम्झौताहरु राजनीतिक सहयोगमै लिएको प्रष्ट हुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके