back
CTIZAN AD

बाह्रसय पचास ग्राहकको विद्युत् काटियो

वि.सं.२०७८ पुस २३ शुक्रवार

726 

shares

मङ्गलबारे । नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ । गत साउनदेखि हालसम्म दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो । बत्ती बालेर ६० दिनसम्म पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरण इलाम शाखाका प्रमुख देवराज पौडेलले जानकारी दिए । उनका अनुसार विद्युत् काटिए पनि करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि विद्युत् जडान गरिएको छ । करिब १० प्रतिशत ग्राहकले अझै महसुल नतिरेकाले विद्युत् जडान गरिएको छैन ।

यस्तै इलाम नगरपालिकाले पनि महसुल नतिरेकाले इलाम सदरमुकाममा निर्माण गरिएको व्यापारिक भवन (सिटी मार्ट)को लाइन बिहीबारदेखि काटिएको छ । सिटीमार्टको रु एक लाख ७२ हजार महसुल नगरपालिकाले तिरेको छैन । साठी दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान भएअनुसार नै बत्ती काटिएको प्रमुख पौडेलले बताए । उक्त नगरपालिकाले चार महिनाको महसुल बुझाउन बाँकी रहेको बताइएको छ ।

वि.सं.२०७८ पुस २३ शुक्रवार १४:४७ मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...