back
CTIZAN AD

बसाइँ सराइले रित्तिँदै गाउँ

वि.सं.२०७३ फागुन २६ बिहीवार

810 

shares

२६ फागुन,तेह्रथुम । गाउँमा आवश्यक सेवा सु्विधा नभएको भन्दै गत माघमा तेह्रथुम सिम्ले–७ का ११ परिवार एकसाथ बसाइँ सरे । खानेपानी, विद्युत्, गुणस्तरीय सडकलगायत सुविधाका नाममा छिमेकीजति सबै हिँडेपछि पूर्व वडाध्यक्ष मनबहादुर श्रेष्ठ पनि स्थानीय भीमबहादुर थापासँगै मोरङतिर बसाइँ सर्नुभयो ।

पहिले गाविसकै ठूलो बस्ती रहेको यो गाउँमा अहिले बसाइँ सरेर जान बाँकी एक दर्जन परिवार मात्र बस्छन् । गाविसका वडा नं ३, ४ र २ को अवस्था पनि उस्तै छ । उता ओख्रे–५ का २५ परिवार पनि यही वर्षमात्रै थातथलो छाडेर हिँडेका छन्् ।

सो वडामा अब केही परिवारमात्र बाँकी रहेका र उनीहरु पनि बसाइँ सराइकै पहलमा छन् । तर गाउँको सिँचाइ सुविधा नपुग्ने जमिन बिक्री पनि नहुने र त्योबाहेक अन्य धन सम्पत्ति पनि नभएका कारण छाडेर हिँड्न सकेका छैनन् ।

पछिल्लो तीन वर्षमा मात्रै सम्दुका ५४ परिवार पनि बसाइँ सरेर पूर्वी तराई र काठमाडौँतर्फ गएका छन् । यहाँबाट बसाइँ सरेर जानेहरू सबै सुविधा र अवसरको खोजी गर्र्दै गएको गाविस सचिव दुर्गा भण्डारीले बताउनुभयो ।

इसिवुबाट पनि बसाइँ सर्नेको सङ्ख्या कम छैन । पछिल्लो चार वर्षमा यहाँबाट पनि १५४ परिवार हिँडेका छन् । यस्तै जिल्लाका पञ्चकन्या, फाक्चामारा, इवा, चुहानडाँडा, थोक्लुङलगायत गाविसबाट पनि प्रत्येक वर्ष गाउँ छाडेर बसाइँ हिँड्नेको ताँती लाग्ने गरेको छ ।

सेवा सुविधासँगै खानेपानीका लागि बसाइँ

तराईमा रोजगारी, औषधि उपचार, शिक्षा, खानपान तथा अन्य सेवा सुविधा बढी हुने तथा सहजै प्राप्त गर्न सकिने भएकाले धेरैले थातथलो छाडिरहेको पूर्व जिविस उपसभापति तेजमान कन्दङ्वाले बताउनुभयो ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ०७:०८ मा प्रकाशित

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको...

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला । हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० व्यक्ति सम्पर्कविहीन...

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

काठमाडौँ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित...

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा...

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत...

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...