Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

भूकम्पपीडितको लगत सङ्कलन कार्य सम्पन्न



२६ फागुन,फलेवास (पर्वत) । विनाशकारी भूकम्प गएको २३ महिनापछि पर्वतमा भूकम्पपीडितको लगत सङ्कलन कार्य सम्पन्न भएको छ । जिल्लामा झन्डै ११ हजार भूकम्पपीडितको लगत सङ्कलन गरिएको छ ।

गत पुस २६ गतेदेखि सुरु भएको लगत सङ्कलन मङ्गलबार सम्पन्न भएको हो । अभियान अन्तर्गत ११ हजार घरको लगत सङ्कलन गरिएको छ । बाँकी छुटफुट भएको र उनीहरुलाई पुनः अर्को चरणमा लगत सङ्कलन गरिने जिल्ला लगत सङ्कलन कार्यालय पर्वतले जनाएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले जिल्लाका प्रभावित गाविसमा क्षतिग्रस्त संरचनाको लगत सङ्कलनका लागि पर्वतमा २९ जना इन्जिनियर खटाएको थियो भने त्यति नै सङ्ख्यामा सामाजिक परिचालक खटाइएको थियो ।

तथ्याङ्क विभाग लगत सङ्कलन कार्यालय, पर्वतले दिएको जानकारीअनुसार ११ हजार घरको लगत सङ्कलन भइसकेको र सबै इन्जिनियर र सामाजिक परिचालक फर्किसकेको जनाएको छ ।

पर्वतका कुल ११ हजार ८०९ घरमध्ये अब ८०० घर गणना भएका छैनन् । कतिपयको पुरानो लगतमा नसमेटिएको वा कतिपय घरवार अन्यत्रै बसाइँ सरेको र नभेटिएका कारण सङ्कलनमा नपरेका हुन् । उनीहरुलाई पुनः अर्को चरणमा समावेश गरिने तथ्याङ्क सङ्कलन कार्यालयका प्रमुख शिव श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका एक नगरपालिकासहित ४७ गाविसका सबै पीडितको घरधुरीमा प्राविधिक पुगेका थिए ।

जिल्लामा खटाइएका २९ इन्जिनियरमध्ये १७ जना फागुन दोस्रो साता नै फर्किएको भए पनि बाँकी इन्जिनियर आफ्नो काम सकेर मङ्गलबार फर्किएको उहाँले जानकारी दिनुभयो । सरकारले भूकम्पबाट कम प्रभावित पर्वत जस्तै १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रमअन्तर्गत पर्वतमा पनि लगत सङ्कलन गरिएको हो ।

तत्कालीन अवस्थामा प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरक फरक भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘ख’ वर्गमा समावेश गरेको पर्वतमा भूकम्प प्रभावित आवास पुनःनिर्माण सङ्कलन कार्यक्रमअन्तर्गत जिल्ला लगत सङ्कलन कार्यालय खोलेर काम गरिरहेको छ ।

पर्वतका ४७ गाविस र एक नगरपालिकामा गरी ११ हजार ८०९ घर परिवार भूकम्पबाट पीडित बनेका थिए । सही तथ्याङ्क नहुँदा वास्तविक पीडितको पहिचान हुन समस्या भएको र विभिन्न दातृ निकायले समेत जथाभावी तथ्याङ्क आएको भन्दै गुनासो गरिरहेका थिए ।

जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार अहिलेसम्म पूर्ण रुपमा भवन क्षतिग्रस्त भएका दुई हजार ३४४ र आंशिक क्षति भएका छ हजार ७७७ जनाले राहत बुझेका छन् । चार महिना पहिले थप विवरण सङ्कलन भएकाले सङ्ख्या ११ हजार ८०९ पुगेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम